मङ्गलबार, १४ अक्टोबर २०२५

ह्वाइट हाउसमा अपमान, बेलायतमा ‘न्यानो स्वागत’

बेलायत भने युरोप र अमेरिकाबीचको पुल बन्ने कोसिस गरिरहेको छ। अमेरिकाबाट अपमानित भएर आएका जेलेन्स्कीलाई बेलायतले न्यानो स्वागत र सैन्य सहायताको सगुनमात्रै दिएको छैन बरु यो मामला हल गर्नका लागि बेलायतले युरापेली नेताहरूको बैठक पनि आह्वान गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मधेसका समस्याको समाधान माओवादीले मात्रै गर्नसक्छ: प्रचण्ड

मधेसका मसिहा ठान्ने दलहरूले मधेसी जनतामाथि नै घात गरिरहेकाले अब उनीहरूको भ्रमबाट मुक्त हुनुपर्ने बेला आएको उनले स्पष्ट गरे । महिला, जनजाति, दलित, मधेसी, मुस्लिम, थारु आदिको पहिचान र अधिकार स्थापित गर्ने दल माओवादी नै भएको स्पष्ट गर्दै अध्यक्ष प्रचण्डले अब मधेसले माओवादीलाई फेरि विश्वास गर्ने बेला आएको बताए । मधेसी जनता वास्तविक देशभक्त र सीमारक्षकको रुपमा रहेको उल्लेख गर्दै उनले उनीहरूको सम्मान गर्नुको साटो अरु देशका नागरिक सरह व्यवहार गर्नु विभेद र अपमान भएकाले यसलाई प्रभावकारी कार्यक्रममार्फत नै अन्त्य गर्न सकिने र त्यसको नेतृत्व माओवादीले मात्रै गर्नसक्ने बताए ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बादलको दाबी- कांग्रेस-माओवादी अवसरवादी हुन्, मुलुकको अवस्था बदल्न सक्दैनन्

उनले भने, ‘कांग्रेस, माओवादीलगायत पार्टीहरूले मुलुकको आर्थिक असमानता र गरिबीको खाडल अन्त्य गर्न सक्दैनन्। एमालेको नेतृत्वमा मात्र यो सम्भव छ।’ उनले माओवादी, कांग्रेसलगायतका दललाई अवसरवादी र अस्थिरतावादीको संज्ञा दिँदै यी दलबाट नेपालमा समाजवाद स्थापना सम्भव नरहेको ठोकुवा गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रिंकु सदा मृत्यु प्रकरण- प्रचण्डद्वारा प्रजिअ र सुरक्षा प्रमुखसँग छलफल

अध्यक्ष प्रचण्डले शोकमा रहेको परिवार र आन्दोलनमा रहेको संघर्ष समितिसँग आजै भेट गरेको उल्लेख गर्दै परिवारले हत्या नै भएको आशंका गरेकाले संवेदनशील भएर सत्यतथ्य अनुसन्धान गर्न आग्रह गरे। बलात्कारपछि पञ्चायतले मिलापत्र गराउन खोजेकाले बलात्कार भएको देखिए पनि हत्या वा आत्महत्या के हो यथार्थ छानबिन हुनुपर्ने र दर्ता भएका सबै जाहेरीमा अनुसन्धान हुनुपर्ने उनले बताए। अध्यक्ष प्रचण्डले सिरहामै दाइजोसँग जोडिएको घटनामा अर्की एक महिलाको पनि मृत्यु भएको र यसको अनुसन्धानमा ध्यान नपुगेको परिवारबाट गुनासो आएकाले सो घटनाको पनि यथार्थ अनुसन्धान गर्न आग्रह गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - सिरहा

लागूऔषधले समाजलाई खोक्रो बनाउँदैछः गृहमन्त्री

उनले भने, ‘लागूऔषध अत्यन्तै चुनौतिका रुपमा देखिसकिएको छ। समाजका लागि एउटा घातकको रुपमा देखा परेको छ। खास गरेर युवाहरूमा यसले अत्यन्तै नकारात्मक असर पारिरहेको छ। समाजकै लागि चुनौतिपूर्ण बन्दै गइरहेको छ। व्यक्ति व्यक्तिलाई यसले समाप्त गर्दैछ। समग्र समाजलाई यसले खोक्रो बनाउँदैछ। समाजलाई यसले आक्रान्त गरिरहेको छ भयानक रुपले। जो व्यक्ति लागूऔषधको दुर्व्यसनमा परेको छ उसको त जीवन समाप्तीतर्फ गएकै छ। तर समग्र परिवारले अत्यन्त पीडा र चिन्तामा जीवन निर्वाह गर्नुपरेको अवस्था छ।’ उनले समाजमा हुने सबैभन्दा बढी अपराधको जड नै लागूऔषध भएको बताए। उनले यौनजन्य हिंसाका पछि समेत लागूऔषध नै जोडिएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सिरहामा सय बढी कांग्रेसका नेताकार्यकर्ता माओवादीमा प्रवेश

जनतासँग माओवादी, तराई मधेस जागरण अभियानका क्रममा औरही-४ इटाटारमा आयोजित कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले उनीहरूलाई पार्टी प्रवेश गराएका थिए। गत स्थानीय निर्वाचनमा सो वडा माओवादीले जितेको थियो भने काङ्ग्रेस दोस्रो भएको थियो। शनिबार माओवादी केन्द्र प्रवेश गरेका यादवले निर्वाचनमा ५२५ मत पाएका थिए। यो वडामा यादव समुदायको बाहुल्यता छ। कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले हुलाकी मार्ग केन्द्रीत अभियानले दक्षिण नेपालको रुपरेखा फेर्न सहयोग गर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - सिरहा

सत्ताबाट हटेपछि प्रचण्डलाई ‘केराको पात’ याद आयोः प्रदीप ज्ञवाली

उनले प्रचण्ड यतिबेला पहिचानको नाममा देशमा फेरि अराजकता मच्चाउन सकिन्छ कि भनेर लागि परेको टिप्पणी गरे। उनले माओवादीले भत्काएका भौतिक संरचनाहरू बनाउन अहिलेको सरकारलाई समय लागेकोसमेत दाबी गरे। उनले भने, ‘हिजो कोशीका सांसदले नामकरण गरे। नाम राख्न माओवादीका सांसद पनि लाम लागे। सत्ताबाट हटेपछि माओवादी पुनः पहिचानको नाममा अराजकता फैलाउन लागेको छ।’ त्यस्तै उनले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई ठूलो विषय बनाउँन नहुने पनि बताए। उनले पार्टीको लोकतान्त्रिक जीवन पनि स्वस्थ बनाउनु पर्ने उल्लेख गरे।

बिएल संवाददाता

बिएल संवाददाता - मोरङ

भारत भ्रमणमा खानेपानीमन्त्री, महत्वपूर्ण समझदारी पत्रमा हस्ताक्षर हुने

उनले भनिन्, ‘यही फागुन १९ गते सोमबार हस्ताक्षर गरिने समझदारीपत्र कार्यक्रममा सहभागी हुन मन्त्री यादव आज दिउँसो २ बजे भारत प्रस्थान गर्नु भएको हो। उक्त समझदारीपत्रमा नेपाल सरकारकातर्फबाट मन्त्री यादव र भारत सरकारकातर्फबाट जलशक्तिमन्त्री सीआर पाटीलले हस्ताक्षर गर्नुहुनेछ।’ भारत र नेपाल सरकारबीच खानेपानी, सरसफाई र फोहोर व्यवस्थापन क्षेत्रमा सहयोग विस्तार गर्न समझौता पत्रमा हस्ताक्षर हुने जनाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पुराना पार्टीले शिक्षकलाई प्रयोग मात्रै गरेः सुमना

‘शिक्षक जस्तो सम्मानित पेसालाई राजनीतिक रूपमा दुरुपयोग मात्रै गरियो,’ उनले भनिन्, ‘त्यो शिक्षण पेसालाई दलीय राजनीति मुक्त नबनाउन्जेलसम्म केही हुनेवाला छैन।’ सांसद श्रेष्ठले तालाबन्दीले विद्यालयमा पढ्ने वातावरण बिग्रिएको उल्लेख गरिन्। व्यवहारिक शिक्षाको आवश्यक्ता औँल्याउँदै श्रेष्ठले दक्ष जनशक्ति उत्पादनको आवश्यकता रहेको बताइन्।

बिएल संवाददाता

बिएल संवाददाता - सुनसरी

युवाको ‘पलायन’ले राष्ट्रपति चिन्तित, सबै पक्षलाई गम्भीर बन्न आग्रह

राष्ट्रपति पौडेलले युवा जनशक्तिको पलायन मुलुकका लागि ठूलो चिन्ताको विषय भएको भन्दै यो अवस्थाबाट मुलुकलाई जोगाउन सम्बद्ध सबैलाई गम्भीर बन्न आग्रह गरे। उनले भने, ‘युवा जनशक्तिको पलायन मुलुकका लागि ठूलो चिन्ताको विषय हो। यो अवस्थाबाट मुलुकलाई जोगाउन सम्बद्ध हरेक पक्ष गम्भीर बनून् भन्ने मेरो आग्रह छ।’ उनले देश विकासको मूल आधार कृषि, जलस्रोत, पर्यटन र पूर्वाधारको विकास भएकाले कृषि, जलस्रोत, पर्यटन, उद्योगधन्दाको विकास र उत्पादन बढाएर स्वदेशी अर्थतन्त्रलाई मजबुत बनाउनुपर्ने धारणा व्यक्त गरे।

बिएल संवाददाता

बिएल संवाददाता - पोखरा

उपप्रधानमन्त्री सिंह भन्छन्- सरकारको महत्व बुझाउन वर्तमान गठबन्धन बनाइयो

उनले भने, ‘जनताले सरकारको आयुको त ठेगान छैन्, सरकार बनेको केही महिनामा नै अर्को सरकार बन्छ, सरकारको नै सुनिश्चितता छैन भने त्यस्तो सरकारले हाम्रो लागि के काम गर्छ भनेर सोच्न थालेको हुनाले राजनीतिक स्थायित्व, स्थिरता र सरकारको महत्व बुझाउनको लागि वर्तमान सरकार बनेको हो। कमी कमजोरीहरूलाई पहिचान गर्दै सुधार गर्दै अघि बढ्नेतर्फ सरकार गईरहेको छ।’ उनले सहकारीप्रतिको नकारात्मक भावलाई चिर्दै सहकारी राम्रो हो भन्ने कुरालाई आफ्नो गतिविधिबाट देखाउनुपर्ने पनि बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पोखरामा शक्ति प्रदर्शन गर्दै दुर्गा प्रसाईं, लेकसाइमा पूर्वराजाको गाडी जेब्राक्रसमै पार्किङ

पूर्वराजा पोखरामा नै रहेर आफ्ना गतिविधिहरू गरिरहेका बखत पोखरामा राजावादीहरूको गतिविधि ह्वात्तै बढिरहेको छ। संबैधानिक राजतन्त्र र हिन्दू अधिराज्यको माग गरिरहेको राजावादी पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीले पोखरामा विशाल प्रदर्शन गरेर शक्ति प्रदर्शन गरिरहेका छन् भने दुर्गा प्रसाईको नागरिक बचाउ महाअभियानले आज पोखरामा विशाल सभा गर्दैछन। पछिल्लो समय नेपाली राजनीतिक नेताहरूलाई भेट नदिएको भारतले दुर्गा प्रसाईंलाई भेट दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - पोखरा

अमेरिकाले विश्व शान्ति होइन, युक्रेनको खनिज चाहेको हो: शंकर पोखरेल

उनले अमेरिका र युक्रेनको पछिल्लो तनावलाई अमेरिकी स्वार्थ भनेर टिप्पणी गरेका छन्। उनले अमेरिकाले विश्व शान्ति नचाहेको भन्दै बरु उसको स्वार्थ युक्रेनको खनिजमा रहेको पनि पनि बताएका छन्। सामाजिक सञ्जालमा उनले यस्तो टिप्पणी सार्वजनिक गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘अपमानित’ गर्दै ट्रम्पले युक्रेनी राष्ट्रपतिलाई ह्वाइट हाउसबाट निकाले (भिडिओसहित)

बैठककोठामा वार्तामा बस्नासाथ उपराष्ट्रपति भेन्सले पनि त्यही कुरा उठाउँदै उनलाई र्‍याख्खर्‍याख्ती पार्न खोजे।  सुरुवाति कुराकानी बहस हुँदै विवादमा परिणत भएपछि जेलेन्स्कीले पनि ट्रम्प अनि उनका उपराष्ट्रपतिलाई डटेर जवाफ दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

देश विकासका लागि कांग्रेस–एमाले मिल्यो: गृहमन्त्री

गृहमन्त्री रमेश लेखकले देश विकासका लागि कांग्रेस र एमाले मिलेकाे बताएका छन्।  शुक्रबार नेशनल प्याव्सनको महाधिवेशनलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री र मन्त्री बनाउनको लागि मात्र नभइ देश विकासका लागि दुई पार्टी मिलेकाे बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अरु सब नक्कली भए माओवादीमात्रै सक्कली मधेसवादी दल हाे- प्रचण्ड

मधेसी जनता मधेसवादको नारामा स्थापित नक्कली मधेसवादी दलको भुलभुलैयामा परेको भन्दै अध्यक्ष प्रचण्डले उनीहरुबाट मधेसी जनताको मुक्ति नहुने प्रमाणित भइसकेकाले अब वास्तविक मधेसवादी दल माओवादीसित जोडिनुपर्ने बेला आएको पनि बताए ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

शेरबहादुर देउवाले शीर्ष नेतालाई बूढानीलकण्ठ बोलाए

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरूलाई बूढानीलकण्ठ बोलाएका छन्।देउवाले शुक्रबार ४ बजे पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका हुन्। उक्त बैठकमा संसदमा पेश भएका विधेयकहरूलाई छिटो प्रक्रियामा लैजाने विषयमा छलफल हुने बताइएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

टेक्नोलोजीको दुरुपयोगले डिजिटल अपराध बढ्योः प्रधानमन्त्री

‘आजको जटिल अवस्था भनेको डिजिटल घेरामा हुने विभिन्न खालका अपराधहरू हुन्। २०औं शताब्दीले नै दुरसञ्चारको सुरुवात गर्यो। टेलिभिजनको सुरुवात गर्यो। कम्प्युटर सुरुवात गर्यो। लगभग ७५ वर्षको कम्प्युटर इतिहाससँगै एआईको जमनामा आइपुगेका छौं। डिजिटल संसारमा आइपुगेका छौं। यसलाई मानव जातिले  आफ्नो  उन्नति, भलाइ, सुखका लागि प्रयोग गर्नु पर्दथ्यो। त्यो गरिएको पनि छ। मानवीय सुखका लागि आजको टेक्नोलोजीलाई प्रयोग गरेका छौं। तर यो सदुपयोग मात्र भइरहेको छैन, कम्प्युटर साइन्स, डिजिटल एवं आईटीको डेभलपमेन्टले सुविधा दियो भन्ने चिन्ता त कतै छैन। साइन्स टेक्नोलोजीको काम मानव जातिलाई सुख सुविधा दिलाउने हो, सहजता दिलाउने हो र यसले जीवनलाई सहज, सरल र सुविधायुक्त बनाउने हो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कुलमान घिसिङको पक्षमा माइतीघरमा ‘टुकी’ बालेर प्रदर्शन

‘देशलाई अन्धकारमा धकेल्ने सरकार चाइदैन, कुलमान घिसिङलाई प्राधिकरणबाट हटाउन पाइदैन’ भन्ने नाराका साथ हातमा टुकी बत्ती लिएर खबरदारी गरिएको छ। सुखी नेपाली अभियानका संयोजक रामेश्वर श्रेष्ठले देशलाई माया गर्ने व्यक्ति हटाउन नपाइने भन्दै कुलमानलाई स्पष्टीकरण सोधेर काम गर्ने वातावरण नदिएको दाबी गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

स्वास्थ्य सचिव नियुक्तिको रस्साकस्सी, समावेशीकरणले सहज

नेपालको प्रशासनिक इतिहासमा कामु मुख्यमन्त्री लिलादेवी गड्तौलालाई मुख्य सचिव बनाएर समावेशीकण बलियो उदाहरण बनेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य सचिवमा पनि मधेशी मुलकी महिलालाई नियुक्त गर्न दबाब परेको छ। मन्त्रिपरिषदमा रहेका बहुसंख्यक मन्त्रीहरूले पहिलो नम्बरमा रहेकी डा. मिश्रालाई सचिवमा नियुक्त गर्दा संवैधानिक र राजनीतिक रुपमा पनि जस पाइने भएकाले विवेक पुर्याउन ओलीलाई सुझाव दिइरहेका छन् ।  निजामती सेवामा सबै जाति, वर्ग, क्षेत्र र लिङ्गको प्रतिनिधित्व गराउनुपर्ने संवैधानिक व्यवस्था भएपनि हाल निजामती सेवामा २८.७ प्रतिशत मात्र महिला रहेकाले समावेशी एवम समानताको सिद्धान्त र मेरिटका आधारमा पनि महिला सचिव नियुक्त गर्दा उदाहरणीय हुने भएकाले ओलीलाई उनी निकटका नेताहरूले सुझाव दिइरहेको सचिवालय स्रोतले जनाएको छ ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं