झापामा केपी ओली उतार्दा एमालेको साढे १२ लाख खर्च, सरकारको एक रुपैयाँ पनि नलिएको दाबी
नेकपा एमालेले शनिबार झापाको दमकमा आयोजना गरेको प्रदेशस्तरीय जनजागरण सभाको खर्च विवरण सार्वजनिक गरेको छ। एमाले कोशीले सार्वजनिक गरेको विवरणअनुसार सभाका लागि १२ लाख ६५हजार खर्च भएको छ। कार्यक्रममा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेका थिए। आइतबार प्रेस चौतारी नेपाल झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले कोशी प्रदेश इन्चार्ज शेरधन राईले कार्यक्रममा सरकारको एकपैसा पनि नलिएको दाबी गरे। उनले कार्यक्रममा सहभागीहरूले वडा-वडाबाट आफ्नै खर्चमा सहभागी भएको दाबीसमेत गरे। वडा वडाबाट आफैले खर्च गरेर सहभागीहरू कार्यक्रम स्थलमा आएको बताए।
बिएल संवाददाता - झापा