एनआरएनएमा शेष घलेले श्रेष्ठलाई गराए ‘इन्ट्री’, केसी समूहको ‘बिल्लीबाठ’
गैरआवासीय नेपाली संघ(एनआरएनए)को उच्चस्तरीय समितिले गराएको एकता महाधिवेशनमार्फत महेश श्रेष्ठ अध्यक्षमा चयन भएसँगै बद्री केसीको समूह विघटन भएको छ। सर्वोच्च अदालतको आदेशअनुसार एनआरएनएका पूर्वअध्यक्ष शेष घलेको नेतृत्वमा बनेको उच्चस्तरीय समितिले एकता महाधिवेशन गराएको हो। शनिबारबाट काठमाडौंको हायात होटलमा जारी महाधिवेशनको परराष्ट्रमन्त्री आरजु राणाले उद्घाटन गरेकी थिइन्। निर्वाचन समितिका प्रमुख निर्वाचन आयुक्त बरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेका अनुसार अध्यक्षसहित सबै कार्यसमिति निर्विरोध चयन गरिएको हो। आधिकारिक नयाँ कार्यसमिति बनेसँगै राजनीतिक गुटबन्दी गर्दै एनआरएनएलाई नै पंगु बनाइरहेको बद्री केसी समूहको औपचारिक विघटन भएको हो। बद्री समूहमाथि प्रधानमन्त्री केपी शर्मा ओलीको आशिर्वाद थियो।
बिएल संवाददाता - काठमाडौं