काठमाडौं उत्रिए पूर्वराजा, एयरपोर्टभित्रै राजावादीहरूसँग उच्चस्तरीय छलफल
राप्रपा उच्च स्रोतका अनुसार उनी यतिबेला विमानस्थलको अति विशिष्ट कक्षमा राजावादी दलका उच्च शीर्ष नेताहरूसँग छलफल गरिरहेका छन्। उनीसँग वार्तामा छन् राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, नेताहरू पशुपतिशमशेर जबरा, प्रकाशचन्द्र लोहनी र राप्रपा नेपालका अध्यक्ष कमल थापा। पूर्वराजाको स्वागतका लागि राजावादीहरू विमानस्थल क्षेत्रमा भेला भएका छन्। शाहलाई विमानस्थलबाट र्यालीसहित सिधै उनको निजी निवास निर्मल निवास पुर्याइने राप्रपाले जनाएको छ।
बिएल संवाददाता - काठमाडौं