संसदमा साङ्गीतिक सवाल–जवाफ: तिमीले पराई ठानेपछि, पराई हुन के भयो र...
बैठकको विशेष समयमा प्रमुख सचेतक बर्तौलाले वर्तमान सरकारलाई नेकपा एमालेले दिएको समर्थन फिर्ता लिएको सन्देश लिएर मन्त्रीहरूले राजीनामा बुझाउने क्रममा प्रधानमन्त्रीले फत्तेमानराज भण्डारीको गीत सुनाएको स्मरण गराउँदै जवाफमा गायिका अञ्जु पन्तको ‘तिमीले पराई ठानेपछि, पराई हुन के भयो र तिम्रो मेरोबीचको नाता हुनुपर्ने के रह्यो र ...!’ गीत सुनाए।
बिएल संवाददाता - काठमाडौं