पार्टी नेतृत्व र सरकारप्रति जनता निराश छन्: शेखर कोइराला
नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले जनतामा नेतृत्वहरूप्रति वितृष्णा बढेको बताएका छन्।
बिएल संवाददाता - काठमाडाैं
नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले जनतामा नेतृत्वहरूप्रति वितृष्णा बढेको बताएका छन्।
बिएल संवाददाता - काठमाडाैं
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकार भष्टाचारीहरूलाई जोगाउनका लागि बनेको बताएका छन्। शुक्रबार वीरगन्जमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले भ्रष्टाचारीहरूलाई जोगाउने र नराम्रो गर्नेलाई पुरस्कृत गर्ने काम गरिरहेको बताएका हुन्।
बिएल संवाददाता - काठमाडाैं
नेपालमा पनि यौन पर्यटनको सुरुवात गर्ने वा ‘रेड लाइट एरिया’बारे कुरा उठाउने उनी पहिलो नेता वा सांसद भने होइनन्। यसअघि पनि यसबारे पटक पटक बहस हुँदै आएको छ। अहिलेका सञ्चार तथा सूचना प्रविधि मन्त्री एंव सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले पनि यसअघि ‘रेड लाइट एरिया’बारे बहस सुरु गरौं भनेका थिए।
बिएल संवाददाता - काठमाडौं
भेट अनौपचारिक भएता पनि मुख्यमन्त्री सिंहले जनकपुरधामसँगै मधेश प्रदेशको धार्मिक, साँस्कृतिक र पर्यटकीय विकासको बृहत्त सम्भावनाका विषयमा कुराकानी भएको जनाइएको छ।
बिएल संवाददाता - काठमाडौं
यद्यपि बिजयी समूहकाे नेतृत्व गरेकी भूपेश्वरी ऐर नेपाल विद्यार्थी संघकी बागी उम्मेदवार हुन्।
बिएल संवाददाता - काठमाडौं
घलेले एकता महाधिवेशन सर्वोच्च अदालतको आदेश पुरा गर्ने विषय मात्रै नभएर दिगो तथा प्रजातान्त्रिक संस्था निर्माण गर्नका लागि दरिलो ढाँचा बनाउन पनि भएकाले विभिन्न देशमा रहेका एनआरएसँग अन्तरक्रिया छलफल गरेर सुझाव लिने र सोही अनुसार महाधिवेशन सम्पन्न गर्ने गरी आफू दौडाहामा लागेको बताए।
बिएल संवाददाता - काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र टर्कीका राष्ट्रपति रेकेप तय्यिप इर्दोगानसँग टेलिफोन संवाद गरेका छन्। बिहीबार दुई नेताबीचको टेलिफोन संवादका क्रममा प्रधानमन्त्री ओलीले हमासले बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रहसमेत गरेका छन्। राष्ट्रपति रेकेपले यस विषयलाई आफूले गम्भीर चासोका रुपमा लिएर पहल गर्ने बताउँदै विपिनको परिवारलाई यसबारे जानकारी दिन आग्रह गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बिएल संवाददाता - काठमाडौं
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आफ्नो पार्टीले एक्लै चुनाव जित्ने आधार बलियो बनाउँदै गएको बताएका छन्। जनतासँग माओवादी, तराई मधेश जागरण अभियानअन्तर्गत बारामा आयोजित मधेश जागरण सभालाई सम्बोधन गर्दै उनले विगतमा कांग्रेस र एमालेसँग मिलेर चुनाव लड्दा उनीहरूले फाइदा लिने तर माओवादीले घाटा व्यहोर्ने अवस्था रहेको उल्लेख गर्दै अब एक्लैले चुनाव लडेर जित निकाल्ने आधार बलियो बन्दै गएको दाबी गरे। गत मंसिरको उपनिर्वाचनबाट भर्खरै सम्पन्न स्ववियु निर्वाचनसम्म आइपुग्दा माओवादी एक्लैले चुनाव जित्ने आधार बलियो बन्दै गएको र ‘कसैको बैशाखी नटेकी माओवादी चुनाव लड्नै सक्दैन’ भन्ने विरोधीहरूको भाष्य खारेज भएको बताए।
बिएल संवाददाता - बारा
प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि निर्मित स्थानीय सरकारले वास्तवमै गाउँ गाउँमा सिंहदरबार पुर्याएको दाबी गरेका छन्। बिहीबार नेपाल नगरपालिका संघको ३२औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै ओलीले नेपाली जनताको लामो संघर्ष र बलिदानस्वरुप मुलुकका राजतन्त्रको अन्त्यसँगै बलियो स्थानीय सरकार बनेकाले यसको विकल्प नभएको स्पष्ट पारे। उनले भने, ‘संविधान कार्यान्वयनका क्रममा प्रदेशको संरचनाबारे केही बहस भएका छन् तर स्थानीय सरकारबारे कुनै प्रश्न उठेको छैन। त्यसकारण स्थानीय सरकारको कुनै विकल्प छैन्। जनतालाई सेवा दिने नजिकको सरकार यही हो। स्थानीय तहका समस्या र मागलाई उचित नीति र कानुनको निर्माण गरेर क्रमशः समाधान गरिनेछ। यसमा तीनै तहका सरकारबीच आवश्यक सहकार्य र समन्वय हुनेछ।’
बिएल संवाददाता - काठमाडौं
स्व. कोइरालाकै नेतृत्वमा दश वर्षसम्म सशस्त्र युद्ध गरेको नेकपा माओवादी संसदीय राजनीतिक बाटोमा आएको थियो। त्यो बेला स्व. कोइरालाले आफ्नो सारा राजनीतिक जिन्दगीलाई दाउँमा राखेर युद्ध लडिरहेको माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याएका थिए।
बिएल संवाददाता - काठमाडौं
गिरिजाप्रसाद र लोकतन्त्र अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले केपी शर्मा ओली नेतृत्वको सरकारको चर्को आलोचना गरे। उनले भने, ‘कांग्रेस र एमालेको सरकार छ। तर सुशासन पटक्कै छैन। यो कुरा अब हामीले भन्ने कि नभन्ने मैले त पटक पटक भनिरहेको छु हामी सत्तापक्षका मान्छे हौं। तर, सरकारमा छैनौं। सरकारमा हुने मन्त्रीहर"ले एमालेसँग सहकार्य गर्नुहोस् हामीलाई कुनै आपत्ति छैन। तर सत्तापक्षमा छौं तर सरकारमा नहुनेको जिम्मेवारी सरकार, कांग्रेस र एमालेलाई खबरदारी गर्ने जिम्मेवारी छ।’ उनले देश जब अप्ठ्यारोमा पर्छ तब कांग्रेसकोले सफल नेतृत्व गरेको दाबी पनि गरे। तर, अब कांग्रेस कहिले एमाले त कहिले माओवादीको पक्षमा नलाग्ने बताए।
बिएल संवाददाता - काठमाडौं
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले काठमाडौंको टोखाबाट समातिएको २५ करोड रुपैयाँको मालिक सार्वजनिक गर्न माग गरेका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले विगतमा ३५ किलो, ८० किलो परिणाममा सुन समातिए पनि त्यसको मालिक पत्ता नलागेको भन्दै अहिले पनि त्यस्तै हुने आशंका व्यक्त गरेका हुन्। उनले भने, ‘२५ करोड रुपैयाँ टोखामा समातियो। विगतमा पनि कहिले ३५ किलो, कहिले ८० किलो सुन समातियो भनेर सुन्यौं। ड्राइभरलाई, भरियालाई मात्रै थुनेर राखियो। कहिलेपनि त्यसको मालिक को हो भन्ने पत्ता लागेन। यसपाली पनि यो २५ करोडको मालिक पत्ता नलाग्ला र ट्रक ड्राइभरलाई थुनेर नै थामथुम पारिएला कि भन्ने डर छ। यसरी नै सधैं भरियामात्रै समातेर र कालाबजारीहरूलाई संरक्षित गरिराखेर सुशासन कसरी हुन्छ?’
बिएल संवाददाता - काठमाडौं
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको परिणामले माओवादीको अभियानमा युवाहरूको साथ रहेको पुष्टि गरेको बताएका छन्। बिहीबार फेसबुकमा स्टाटस लेखेर स्ववियु चुनावको परिणाम उत्साहप्रद रहेको बताउँदै पार्टीसम्बद्ध अखिल क्रान्तिकारीको पक्षमा देखिएको लहर उत्साहप्रद रहेको बताएका हुन्। ‘कयौं क्याम्पसमा सत्ता गठबन्धन समर्थित विद्यार्थी संगठनलाई समेत पराजित गर्दै देशभर प्राप्त नतिजाले भ्रष्टाचार र बेथितिका विरुद्धको हाम्रो अभियानमा आजका सचेत एवं बौद्धिक युवा वर्ग साथमा रहेको थप पुष्टि भएको छ,’ उनले लेखेका छन्।
बिएल संवाददाता - काठमाडौं
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले अहिलेको सरकार समाजलाई रुपान्तरण गर्ने कुरामा असफल देखिएको बताएका छन्। राजनीतिक अन्तर्क्रियाको लागि बेलबारी पुगेका महासचिव (विप्लव)ले समाजवादी गणतन्त्र नेपालको जनताको अपेक्षा, माग र आवश्यक्ता भएको बताए। उनले भने, ‘अहिलेको व्यवस्था नै अधुरो छ। पहिलो संविधान बनाउँदा नै विवादहरू भयो। अहिलेको गणतन्त्र त हो तर जनताको गणतन्त्र बनाउने कामहरू भएको छैन। राजतन्त्रबाट गणतन्त्रमा आउनु त प्रगतिको कुरा हो। समाजवादी गणतन्त्र नेपालको जनताको अपेक्षा, माग र आवश्यक्ता पनि हो।’
बिएल संवाददाता - काठमाडौं
उनले स्वदेशमै उत्पादन र उत्पादकत्व विस्तार गरी आन्तरिक रोजगारीको दिगो आधार तयार गर्ने उद्देश्यले सरकारले राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन भर्खरै सम्पन्न गरेको जनाउँदै अहिले संसार ग्लोबल भिलेज बनेकाले व्यवसाय, रोजगारी र अध्ययनका लागि जतिसुकै विकसित र धनी देशका नागरिक पनि आफ्नो रुची अनुसार विदेश जाने शिलशिला विश्वव्यापी रहेको बताए। उनले भने, ‘देशका युवा बाहिरिए भन्ने कुरालाई पूरै नकारात्मक रुपमा बुझ्नु पनि हुँदैन। व्यक्तिगत तवरमा विदेश जानुलाई गौरवको विषय ठान्ने र सामाजिक रुपमा भने त्यसलाई नकारात्मक भाष्यमा बुझ्ने दोहोरो चरित्रका कारण नकारात्मक सन्देश गएको छ। हिजो जीवन निर्वाहका लागि सीमित विकल्प थिए, आज त्यो फराकिलो भएको छ। संसारको जुनसुकै कुनामा जान सक्ने छनोटको लाभ हाम्रा युवाहरूले पनि लिएका छन्। यसो भनेर हामी युवाहरूलाई स्वदेशमै उद्यमशीलता र रोजगारीको अवसर सिर्जना गर्ने कुरामा केही कामै नगरी बसेका छैनौं। यो देश बन्दैन, यहाँ केही बन्दैन भन्ने गलत भाष्य फैलाउनु हुँदैन।’
बिएल संवाददाता - काठमाडौं
उनले भने ‘राजा गइसक्यो, फर्किँदैन भन्नुहुन्छ। गइसकेको राजा फर्किँदैन भने मार्क्स, लेनिन र माओको खोज्यो भने अस्तु पनि भेटिँदैन। त्यो चाहीँ कसरी फर्किन्छ र जनतालाई उल्लु बनाइराख्नु भएको छ? हाम्रो राजालाई हामी नेपाली जनताले राष्ट्रिय झण्डामा स्वागत गरेको हो। कसैका विरुद्धको आन्दोलनमा होइन। स्वागत गर्दाखेरी त मुटु हल्लियो, कलेजो थर्कियो, धर्ती फाट्यो, आकाश फुट्यो भने तपाईंहरूको विरुद्ध आन्दोलन गर्नुपर्यो भने हालत के हुन्छ? यो कुरा याद गरेर संसदमा आवाज उठाइदा विचार पुर्याइयोस्’ साथै, पूर्वराजालाई राष्ट्रिय झण्डामुनि स्वागत गर्दा दलहरूको मुटु, कलेजो हल्लिएको उनले टिप्प्णी गरे।
बिएल संवाददाता - काठमाडौं
उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह र युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानको अनुगमन गरेका छन्। बिहीबार मन्त्री सिंह र चौधरीसहित मन्त्रालयको टोली कीर्तिपुर क्रिकेट मैदान पुगेर प्याराफिट निर्माणको अनुगमन गरेका हुन्। अनुगमन गर्दै मन्त्री सिंहले तीव्र गतिमा काम अगाडि बढिरहेको बताए। उनले नेपाली खेलाडीहरूले आफ्नो क्षमतालाई राम्रो प्रदर्शन गरिसकेका कारणले यस्ता स्टेडियमहरू ठाउँ ठाउँमा बनाउनुपर्नेमा जोड दिइरहेको बताए।
बिएल संवाददाता - काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका माल्दोभाका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री मिहेल पोप्सोइले शिष्टाचार भेट गरेका छन्। प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुईपक्षीय सम्बन्ध र हितका विषयमा छलफल भएको छ। उनीहरूबीच जलवायु परिवर्तन, शिक्षा, संस्कृति र व्यापारिक सम्बन्ध विस्तारका क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री ओलीले हिमालदेखि समुद्रसम्मको सुरक्षालाई केन्द्रमा राखेर जलवायु परिवर्तनका मुद्धामा नेपालले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा गर्न लागेको सगरमाथा संवाद कार्यक्रममा सहभागिताका लागि आग्रह गरे।
बिएल संवाददाता - काठमाडौं
गैरआवासीय नेपाली संघ (एनआरएनए) अभियान्ता तथा पूर्वयुरोप क्षेत्रीय संयोजक नारायण आचार्यले आगामी मे महिनामा काठमाडौंमा हुन गइरहेको एकताको अधिवेशनको तयारीलाई नै असर पर्ने गरी माल्टामा आयोजना गर्न लागिएको भनिएको क्षेत्रीय सम्मेलनको कुनै औचित्य नभएको जनाएका छन्। ‘सर्वोच्च अदालतको परमादेश अनुसार यही मे ३-५, २०२५ मा काठमाडौंमा हुन गइरहेको एकता महाधिवेशनलाई असर पर्ने गरी कुनै पनि गतिविधि नगर्न, नगराउन उच्चस्तरीय समितिले सबै एनसीसीहरुलाई पत्राचार गरिसकेको छ। अदालतको अबहेलना हुने गरी साथै एनआरएनएको एकतामै असर पर्ने गरी कुनै पनि सभा सम्मेलन नगर्न म सबै साथीहरुलाई अपिल गर्दछु,’ आचार्यले भने।
बिएल संवाददाता - काठमाडौं
नेपाली कांग्रेस पेशागत तथा बुद्धिजीवी विभाग एवम् नेपाल डेमोक्र्याटिक लयर्स एशोसियसनले ‘संविधान संशोधनको आवश्यकता र औचित्य’ विषयमा देशका सातवटै प्रदेशमा आयोजना गरेका अन्तरक्रियाहरुमा धर्म निरपेक्षता खारेज गरी मुलुकलाई हिन्दु राष्ट्र बनाउने सुझाव प्राप्त भएको छ।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .