शुक्रबार, २२ अगस्ट २०२५

माओवादी केन्द्रीय समिति बैठकमा प्रदेश इञ्चार्ज र अध्यक्षद्वारा ‘रिपोर्टिङ’

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को आजदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा नेताहरुले आ–आफ्नो प्रदेशको पछिल्लो अवस्थाका बारेमा जानकारी गराएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

काँग्रेसले फागुन ३ मा बोलायो केन्द्रीय कार्यसमिति बैठक

काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरेर फागुन ३ गते केन्द्रीय कार्यसमिति बैठक बस्ने जानकारी दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

माओवादी केन्द्रीय समिति बैठक जारी (तस्बिरहरु)

बैठकमा जनतासँग माओवादी विशेष रूपान्तरण अभियानको रिपोर्ट चलिरहेको छ। बैठकमा प्रदेश इञ्चार्ज र प्रदेश अध्यक्षहरूले रिपोर्ट राखिरहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु

समसामयिक राजनीतिक विषय र आगामी फागुन १ गतेदेखि सुरु हुन लागेको विधान अधिवेशनबारे छलफल गर्ने कार्यसूचीका साथ नेकपा(माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक सुरु भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

भ्रष्टाचार नियन्त्रणका लागि दृढ राजनीतिक प्रतिवद्धता पहिलो प्रस्थान बिन्दु: राष्ट्रपति पाैडेल

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन उनले भ्रष्टाचार न्यूनिकरणका लागि सार्वजनिक निकायमा पारदर्शीता जरुरी रहेको उल्लेख गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

भ्रष्टाचारको छानबिन र अनुसन्धानमा आयोगलाई सरकारको सहयोग रहन्छ : प्रधानमन्त्री

संविधानले परिकल्पना गरेको दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य हुने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सरकारले त्यस्ता गतिविधिप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्दै आएको स्पष्ट पारे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

माओवादी केन्द्रिय समिति बैठक बस्दैँ

नेकपा (माओवादी केन्द्र)को केन्द्रिय समिति बैठक बस्दैँछ। बिधान अधिवेसन अघि बसेको स्थायी समिति बैठक सम्पन्न भए पछि केन्द्रिय समिति बैठक बोलाइएको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

राजनीतिक शक्ति र नेतृत्वमा परिवर्तनका पक्षधर गोलबन्द हुनुपर्छ: प्रधानमन्त्री

‘म यसै मञ्चबाट विशेष अनुरोध गर्दछु, पहिचान र अधिकारको पक्षमा सङ्घर्षरत राजनीतिक शक्ति र नेतृत्वलाई तपाईंहरूले राम्रोसँग चिन्नूस्, यसको वरिपरि गोलबन्द हुनूस्’, प्रधानमन्त्रीले भने, ‘फेरि हामी शक्तिशाली हुनेछौँ, आन्दोलनका बाँकी कार्यभार पूरा हुनेछन्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकारले सही ढङ्गले काम गर्न नसक्दा राजावादी र पुनरुत्थानवादी शक्ति बढे: नेता खनाल

उनले जनअपेक्षा पूरा गर्न नसकिएकाले जनतामा असन्तोष, आक्रोस बढ्नुका साथै जनताले दिशाहीन महसुस गरेको उल्लेख गरे। नेता खनालले जनताका आधारभूत समस्या छुनेगरी सरकारले काम गर्नुपर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - कास्की

माओवादीको स्थायी समिति बैठक आज पनि

नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज पनि बस्ने भएको छ। हिजोबाट सुरु भएको बैठक आज पनि दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भएको हो।  

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

माओवादी बैठकमा विधान मस्यौदामाथि छलफल

माओवादी पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको बैठकमा विधान मस्यौदा कार्यदलका संयोजक एवं उपाध्यक्ष पम्फा भुसालले विधानका प्रमुख विशेषताका बारेमा बैठकमा प्रस्तुति दिएको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अर्थतन्त्र सुधारका सूचकहरू अहिले सकारात्मक अवस्थामा छन्: प्रधानमन्त्री

‘अर्थतन्त्र सुधारका सूचकहरू अहिले सकारात्मक अवस्थामा छन्’, उनले भने, ‘देश र विदेशका विभिन्न निकाय तथा सरोकारवालासँग निरन्तरको बहसका क्रममा प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय र राष्ट्र बैंकको थुप्रै प्रयासले सङ्कटमा पुगेको अर्थतन्त्र लयमा ल्याउन सफल भएका हौँ।’

बिएल संवाददाता

बिएल संवाददाता - नुवाकोट

सुशासन कायम गर्न सरकारको पहल जारी छ :गृहमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासनबिना मुलुकको सामाजिक आर्थिक रुपान्तरण र समृद्धि हासिल नहुने भन्दै सरकार सुशासन कायम गर्न लागिपरेको बताएका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

काठमाडौँको सम्मेलनले ठूलो महत्व राख्छ: सभापति देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस काठमाडौँको सम्मेलनले ठूलो महत्व राख्ने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एनसेल शेयर बिक्रीसम्बन्धी प्रतिवेदन मन्त्रिपरिषद्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले टेलिकम कम्पनी एनसेलको शेयर खरिद बिक्रीसम्बन्धी छानबिन समितिको प्रतिवेदन नेपाल सरकार मन्त्रिपरिषद्मा विचाराधीन रहेकोे बताएकी छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

संविधानमाथि आक्रमण भइरहेको छ: गगन थापा

‘संविधानमाथि आक्रमण भइरहेको छ, यस्ता अवरोध बेलाबेलामा आइरहन्छन्, यस्ता अवरोधसँग जुध्दै जाने हो चिर्दै जाने हो’, उनले भने। उनले काठमाडौँमा कांग्रेस सबैभन्दा ठूलो पार्टी भएको भन्दै काठमाडौँलाई अगाडि बढाउन कांग्रेसले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेसको स्वयंसेवक परिचालन उपसमितिमा ५ सदस्य मनोनीत

नेपाली कांग्रेसले आगामी फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुने महासमिति बैठकलाई व्यवस्थित एवं प्रभावकारी बनाउन स्वयंसेवक परिचालन उपसमितिमा सदस्य मनोनीत गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रतिपक्षले उठाएका मुद्दालाई समस्या ठान्नु लोकतन्त्रसम्मत हुँदैन: सांसद पोखरेल

प्रतिपक्षले बेला–बेलामा विभिन्न विषय उठाएर अवरोध गर्दा पनि कानुन निर्माणले गति लिन नसकेको सरकार पक्षको आरोप छ नि भन्ने प्रश्नमा उनले भने, ‘संसद्मा प्रतिपक्षले अवरोध गर्यो भनेर सरकारले गुनासो गर्नु उचित होइन। सदनमा जनताको मुद्दा आउनु त राम्रा हो, त्यसलाई समस्या ठान्नु लोकतन्त्रविरोधी सोच हो।’ जनआवाजलाई मुखरित गर्दा समस्या ठानिनु लोकतान्त्रिक चरित्र नहुने उनको भनाइ छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रिय प्रजातन्त्र दिवस ३ दिन भव्यताका साथ मनाउने सरकारकाे निर्णय

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज सिंहदबारमा बसेको प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकले दिवसका अवसर पारेर आगामी फागुन ६, ७ र ८ गते विविध कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माओवादी केन्द्रको स्थायी समिति बैठक आज, यस्ता छन् एजेण्डा

नेकपा (माओवादी केन्द्र)को  स्थायी समिति बैठक आज र भोलि बस्ने भएको छ। पार्टीका सचिव गणेश साहका अनुसार आज दिउँसो ३ बजेका लागि स्थायी समिति बैठक बोलाइएको छ।  फागुनको पहिलो हप्ता हुन लागेको प्रथम विधान अधिवेशनको तयारीका लागि बैठक स्थायी समिति बैठक बस्न लागेको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ