माओवादी स्थायी कमिटी बैठक बस्दैँ
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैँछ। शनिवार २ बजेका लागि बोलाइएको बैठक अन्तिम समयमा स्थगित भए पछि आज बस्न लागेको हो।
बिएल संवाददाता - काठमाडौं
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैँछ। शनिवार २ बजेका लागि बोलाइएको बैठक अन्तिम समयमा स्थगित भए पछि आज बस्न लागेको हो।
बिएल संवाददाता - काठमाडौं
एमालेबाट निकालिएका पूर्वउपाध्यक्ष डा. भीम रावलले देश दौडाहा सुरु गरेका छन्। ‘मातृभूमि जागरण अभियान’मार्फत् पूर्वी नेपाल निस्किएका रावललाई आज विराटनगर विमानस्थलमा एमाले), एकीकृत समाजवादी र स्वतन्त्र नागरिकहरुले भव्य स्वागत गरे। स्राेतकाअनुसार डा. रावलले पहिलो कार्यक्रम एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाबाट सुरु गर्ने बताइएको छ।
बिएल संवाददाता - विराटनगर
बेलायतको संसद् भवन भित्र यसरी त्यहाँका मन्त्री र सांसदलाई सम्बोधन गर्ने अवसर पाउने शेखर कोइराला पहिलो नेपाली नेता हुन्।
बिएल संवाददाता - काठमाडौं
जहाँ भ्रष्टाचार भएको छ भन्ने जनताले आशंका गरेका छन् र सदनमा गम्भीर प्रश्न उठेका छन्, त्यहाँ राजनीतिक नेतृत्वको इमान्दारिता जनताले जाँच्न खोजेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भने, ‘म यसका लागि आफ्नो पक्षबाट योगदान गर्न तयार छु।
बिएल संवाददाता - काठमाडौं
उनले लेखेका छन्, ‘सभापतिलाई महामन्त्रीबाट अलग गराएपछि सभापति कमजोर हुन्छन् भन्ने बुझेकाले नराम्ररी नै खेले। मैले बुझाउने प्रयास गरे, म असफल रहेँ। मलाई कारबाही गरे, अनि सभापतिमाथि नै प्रहार गरे। पार्टी बाहिरबाट खेले। पार्टी भित्रैबाट पनि खेले। मैले त्यतिबेला यो राजनीति भइराछ, जोगिऔँ भने, तर त्यतिबेलासम्म उहाँ उहाँलाई पुर्न बनाइएको खाल्डोमा परिसक्नु भएको थियो। मैले बार बार सम्झाए, बुझाए, तर खाल्डोमा परेको कुरा पत्याउनु भएन। उल्टै मलाई कारबाही गर्नु भयो। अरूका राजनीति नबुझेरै उहाँले मेरो राजनीतिक रूपमा हत्या गर्ने प्रयास गर्नु भयो र म पनि त्यसै अनुसार प्रतिक्रियात्मक हुन पुगे।’
बिएल संवाददाता - काठमाडौं
नेकपा एमालेको सचिवालय बैठक बिहीबार बस्दैछ। बैठक पार्टी कार्यालय च्यासलमा आज दिउँसो १२ः३० मा बस्न लागेको हो। आजको बैठकमा केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गरिनेछ। केन्द्रीय कमिटी बैठकको मिति नजिकिँदै गर्दा त्यसका एजेण्डा र राष्ट्रिय राजनीतिबारे छलफल गर्न बैठक बोलाइएको हो। एमालेको केन्द्रीय कमिटी बैठक पुस २१ र २२ गतेका लागि डाकिएको छ।
बिएल संवाददाता - काठमाडौं
संघीय संसद अन्तर्गत विभिन्न ६ वटा समितिको बैठक बस्दैछ। आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानून, न्याय तथा मानवअधिकार समिति, राज्य व्यवस्था तथा सुशासन समिति, पूर्वाधार विकास समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो। सबै समितिका बैठक बिहान ११ देखि दिउँसो ३ को बीचमा सिंहदरबारमा बस्नेछन्। अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आर्थिक वर्ष २०८१–८२ को कार्यक्रम तथा हालसम्मको प्रगतिका बारेमा छलफल हुनेछ। यस्तै राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा छलफल गर्न गठित उपसमितिको प्रतिवेदनमाथि छलफल गर्ने तयारी छ।
बिएल संवाददाता - काठमाडौं
सोमबार सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले तमु ल्होसार सम्झदा शिरमा शिरबन्दी, शरीरमा मखमली चोली, घलेक, पटुकी, छिटको गुन्यु लगाएर मजेत्रो ओढेर घाटु, सोरठी र कौडा नाचेका गुरुङ महिला तथा भोटोमाथि भाङ्ग्रो लगाएर पटुकी र कछाड बाँधेर नाचेका पुरुषहरुको झल्झली सम्झना आउने बताए।
बिएल संवाददाता - काठमाडौं
माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)को उमेर हदको विवाद टुङ्गो लगाउन भएको निर्वाचनको नतिजा सार्वजनिक भएको छ। नतिजाअनुसार क्रान्तिकारीको नेतृत्वमा ३२ वर्षे उमेर हद लागू भएको छ। उमेर हद छिनोफानोका लागि भौगोलिक र गैर भौगोलिक ८६ वटा जिल्ला मतदान केन्द्रमा मतदान भएको थियो।
बिएल संवाददाता - काठमाडौं
गुरुङ समुदायको महान् चाड ‘ तमु ल्होसार’ पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने बताएका छन्। सोमबार गुरुङ समुदायको महान् चाड ‘तमु ल्होसार’ का अवसरमा शुभकामना सन्देश मार्फत स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र सुस्वास्थ्यको कामना व्यक्त गर्दै उनले यस्तो बताएका हुन्। सन्देशमा लेखिएको छ, ‘बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक विविधतायुक्त नेपाली समाजमा तमु ल्होसारजस्ता पर्वहरूबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनका साथै यसबाट राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्नेछ भन्ने विश्वास लिएको छु।’
बिएल संवाददाता - काठमाडौं
राष्ट्रपति रामचन्द्र पौडेलले बहुमतका आधारमा नयाँ सरकार गठन गर्न आह्वान गरेपछि शेरबहादुर देउवाको समर्थनमा ओली प्रधानमन्त्री बनेका हुन्। ओलीले गठबन्धन सरकारको मन्त्रिपरिषद्मा कांग्रेस, एमालेबाहेक लोकतान्त्रिक समाजवादी पार्टी र जनता समाजवादी पार्टीका नेतालाई पनि समाविष्ट गरेका छन्।
आकांक्षा धामी - काठमाडौं
आज राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्ने भएको छ। शुक्रबार दिउँसो ३ बजे केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेगरि सचिवालय बैठक बस्न लागेको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन्। बैठकमा मुलुकको समसामयिक राजनीति परिस्थिति, केन्द्रीय विभागमा मनोनयन, आगामी केन्द्रीय समिति बैठकको तयारी लगायत विविध विषयमा छलफल हुनेछ।
बिएल संवाददाता - काठमाडौं
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान आज पनि हुने भएको छ। सहकारी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति लामिछानेको बयान हिजो सुरु भएको हो। कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा बिहीबार दिउँसोबाट सुरु भएको बयान २ घण्टासम्म चलेको थियो। मंगलबार अबेर गोर्खा मिडियाका पूर्वउपाध्यक्ष तथा पूर्वडीआईजी छविलाल जोशीसँग बयान सकिएपछि अर्का प्रतिवादी लिला पछाईसँग बयान लिन सुरु भएको थियो। जसका कारण अदालतमा लगिए पनि उनको बयान हुन सकेको थिएन। सोही बीच उनीलाई सांसद पदबाट पनि निलम्बन गरिएको छ।
बिएल संवाददाता - काठमाडाैँ
भारतका पूर्वप्रधानमन्त्री डा.मनमोहन सिंहको निधन भएको छ। गएराति उपचारकोक्रममा उनको निधन भएको हो। अर्थशास्त्रीसमेत रहेका सिंहको ९२ वर्षको उमेरमा निधन भएको हो। मनमोहन सिंह भारतका विद्धान र बौद्धिक नेताको रूपमा परिचित छन्। उनले अक्सफोर्ड विश्वविद्यालयबाट सन् १९६२ मा डी फिल गरेका थिए।
बिएल संवाददाता - काठमाडौं
हाम्रो प्राथमिकता भनेको बजार चलायमान गराउनु हो। बन्द भएका सटरहरूलाई खुलाउने हो। हामी त्यो गरिरहेका छौं। १६ प्रतिशत व्याजदर हुँदा एक डिजिटमा ब्याजदर नल्याएसम्म बैंकमा पैसा थुप्रिरहन्छ भनियो तर आज एक डिजिटमा ब्याजदर हुँदा पनि बैंकहरूले पैसा थुप्रियो भन्न छाडेका छैनन्। यसको कारण भनेको ०७२ सालको भुकम्प र कोरोनामा थला बसेका मान्छे उठ्न सकेका छैनन्।
बिएल संवाददाता - काठमाडौं
काठमाडौंमा दुई दिनसम्म चलेको धार्मिक संघ संस्थाहरुको राष्ट्रिय सम्मेलनले नेपाललाई हिन्दु राष्ट्रको रुपमा पुनस्थापना गर्न माग गरेको छ। नेपाल सन्त समाजका विशिष्ट स्वामीजीहरुको संरक्षकत्वमा वैदिक, बौद्ध, जैन, सिख, किराँत, बोनलगायत समग्र ॐकार धार्मिक संघसंस्थाहरु आयोजक रहेको सम्मेलनको संयोजन विश्व ॐकार एकता महाभियानले गरेको थियो।
बिएल संवाददाता - काठमाडौं
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध कास्की अदालतमा दायर सहकारी ठगी प्रकरण मुद्दामा आजदेखि थुनछेक बहस हुने भएको छ। अदालतमा आज गोला प्रथापछि न्यायाधीशको बेन्च तय हुनेछ। बेन्चले सुनुवाइ सकिएपछि लामिछाने लगायतलाई धरौटी वा साधारण तारेखमा छाड्ने वा पूर्पक्षमा पठाउने भन्नेबारे आदेश दिनेछ। सरकारी वकिलको कार्यालय, कास्कीले लामिछाने, पूर्वडीआईजी छविलाल जोशीसहित ४४ जनालाई आइतबार सहकारी ठगीको आरोपमा प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको छ।
बिएल संवाददाता - पोखरा
आफू प्रधानमन्त्री हुँदा जडीबुटी उद्योग, रुग्न उद्योग सञ्चालन, बुढीगण्डकी परियोजना अघि बढाउने, गोरखकाली रबर उद्योग सञ्चालन लगायतका ठूलो परियोजना अघि बढाउन पहल अघि बढाएको र आगामी दिनमा परिणाम आउने गरी काम गर्नुपर्ने उनले स्पष्ट पारे। तर, अहिलेको सरकारले त्यसलाई अगाडि बढाउने भन्दा पनि सरकारी उद्योगहरुलाई निजीकरणतर्फ लैजाने षड्यन्त्र सुरु गरेकाले यसप्रति पनि सजग हुनुपर्ने आवश्यकता रहेको उनले बताए।
बिएल संवाददाता - काठमाडाैँ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध आज कास्की जिल्ला अदालतमा मुद्दा दर्ता हुने भएको छ। आइतकार जिल्ला सरकारी वकिल कार्यालय कास्कीले सभापति रविविरुद्ध मुद्दा दायर गर्न लागेको हो। रविविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण गरी ३ वटा अभियोग दर्ता गर्ने तयारी सरकारी वकिलको रहेको छ।
बिएल संवाददाता - काठमाडाैँ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चितवनले संगठन विस्तारलाई तीव्रता दिँदै जिल्लाका चार वडामा अधिवेशन सम्पन्न गरेको छ। खैरहनी नगरपालिका वडा ९, कालिका नगरपालिका वडा १० र इच्छाकामना गाउँपालिका वडा ३ र ४ मा अधिवेशन सम्पन्न भएको रास्वपा चितवन जिल्ला सचिव विशाल कोइरालाले जानकारी दिएका छन्।
बिएल संवाददाता - चितवन
१ .
२ .
३ .
४ .