
‘न कसैले गाली गर्यो न छलफल भयो, मलाई तैपनि जिताए’- गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालगन्ज पुगेर कांग्रेसमा आर्थिक उदारीकरणका विषयमा छलफल र वहस नै हुन छाडेको बताएका छन्। ‘मेरो मुद्दा न कसैले पढ्यो न बुझ्यो, न छलफल नै भयो। मलाई महामन्त्रीमा यसै भोट दिए’ -महामन्त्री थापाले मंगलबार स्थानीय उद्योगी व्यवसायीको छलफलमा यस्तो धारणा राखे। महामन्त्री थापाले पछिल्लो महाधिवेनमा आफूले उठाएका आर्थिक मुद्दामा ‘न कसैले छलफल गरे न त प्रश्न नै सोधे तर भोट दिएर जिताए’ भन्दै आफ्नो आश्चर्यता प्रकट गरे।

बिएल संवाददाता - काठमाडौं