आइतबार, ०१ मार्च २०२६

सचिवालय स्थगित गरेर महाधिवेशनपछिको पद देखाउँदै नेता फकाउँदै ओली

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार अध्यक्ष ओलीले आज आराम गर्नेछन्। भोलि आइतबार बैठकले निरन्तरता पाउनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जेन–जीसँग वार्ता गर्दागर्दै राष्ट्रपतिलाई टाउको दुख्ने र वान्ता आउने समस्या

२२ जना जेन–जी अगुवाहरूसँग प्रधानमन्त्री सुशीला कार्कीसहित शनिबार शीतल निवासमा वार्तामा बसेका पौडेल अस्वस्थ भएपछि अस्पताल भर्ना गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री कार्कीलाई जेन–जी र दलहरू रिझाउनै मुश्किल

पहिलोपटक पूर्वप्रधानन्यायाधीश कार्की मुलुकको कार्यकारी प्रमुख बनिन्। तर प्रधानमन्त्री बनेको एक महिना नपुग्दै कार्की नेतृत्वको सरकारले कार्यक्षमता देखाउन नसकेको भनेर आलोचना सुरु भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमाले सचिवालय बैठकः ओलीको राजीनामा मागियो, महेश बस्नेतको तारिफ

जेन–जी विद्रोहपछि ओली नेतृत्वको सरकार ढलेपछि यसअघि ओलीलाई साथ दिँदै आएकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले नै राजीनामा मागिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जलिरहेको सिंहदरबारअघि ‘भिक्ट्री पोज’ दिएकी रक्षा बम ‘मन्त्री’ बन्दै

प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयबाटै बमलाई जेन–जीको तर्फबाट महिला तथा बालबालिका मन्त्री बनाउन दवाब आएको स्रोतले बतायो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रमेश लेखकको दाबीः प्रधानमन्त्री र मैले गोली हान्ने आदेश दिएकै थिएनौं

जेन–जी विद्रोहपछि पदच्युत भएका निवर्तमान गृहमन्त्री रमेश लेखकले गत भदौ २३ गतेको जेनजी आन्दोलनका क्रममा आफूले गोली हान्ने कुनै आदेश नदिएको दाबी गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जेन–जी विद्रोहपछि पनि ओलीको अहंकार नभएको भन्दै प्रचण्डको दुःखमनाउ

शुक्रबार ललितपुरमा सम्पादकहरूसँग कुराकानी गर्दै प्रचण्डले हिजो सरकारको नेतृत्व गर्ने पार्टीमा अझै पनि त्यो अहङ्कार नगएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

युवा संघको मोटरसाइकल र्‍यालीमा प्रशासनको रोक

गत भदौ २३ गतेको जेन–जी आन्दोलनपछिका दिनमा भएको तोडफोड, आगजनी तथा सार्वजनिक र निजी सम्पत्तिहरूमा भएको क्षति समेतका घटना हुन पुगेको घटना सम्झाउँदै प्रशासनले प्रदर्शनमा रोक लगाएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रचण्डको सुरक्षार्थ खटिएको सुरक्षा टोली फिर्ता, अब पूर्वजनमुक्ति सेनाको पहरा

गृह मन्त्रालयले बिहीबार स्वीकृत मापदण्डविपरित बढी सुरक्षाकर्मी राखेका पूर्वपदाधिकारीहरूको सुरक्षार्थ खटिएको टोली फिर्ता बोलाउने निर्णय गरेपछि प्रचण्डका ३४ सुरक्षाकर्मी फिर्ता भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति

बस्नेतको यो भाषणले एमालेले अब आन्दोलनकारी र अन्तरिम सरकारलाई सडकमै कठोर जवाफ दिने संकेत दिएको देखाउछ। अध्यक्ष ओलीसंगै महेश बस्नेतलाई समेत वर्तमान सरकारले पक्राउ गर्ने हल्लाका बीच एमाले कडारुपमा उत्रिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भूमि आयोग खारेजदेखि इलामलाई संकटग्रस्त जिल्ला घोषणासम्म, यस्ता छन् मन्त्रिपरिषदका निर्णयहरू

त्यस्तै इलाम जिल्लालाई तीन महिनाका लागि विपद् संकटग्रस्त जिल्ला घोषणा गर्ने पनि सरकारले निर्णय गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माइतीघरबाट पक्राउ परेकालाई तत्काल रिहा गर्न ज्ञानेन्द्र शाहीको माग

यस्तै देशमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, प्रदेश संरचना खारेज, संवैधानिक निकायमा राजनीतिक नियुक्ति बन्द, भ्रष्टाचारीहरूलाई हदैसम्म कारबाही गर्न र सर्वस्व हरण गर्न र नेपाली झण्डामुनि बसेर राष्ट्रिय एकता कायम गर्नका लागि उनीहरू सहिद भएका र लडेका शाहीले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गृहमन्त्रीलाई धेरै नचम्किन ओलीको सुझाव

बिहीबार गुन्डुमा पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आफूले यसअघि वर्तमान गृहमन्त्रीको नाम नै नसुनेको दाबीसमेत गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काठमाडौं उपत्यका छोड्न नपाउने सरकारी निर्णयलाई ओलीले भने– ‘तमासा’

उनले सरकारले आफूविरुद्ध गरिरहेका गतिविधिहरूलाई तमासाको संक्षा दिए। उनले पासपोर्ट रोक्काबारे प्रतिक्रिया दिँदै भने, ‘के सोच्या? सुशीला कार्कीको डरले केपी ओली भाग्छ गुटुटु?’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पोसपोर्ट रोक्काबारे ओलीको प्रश्नः के लाग्छ, यो हा–हुँको सरकारलाई देश जिम्मा लगाएर हामी विदेश भाग्छौं?

उनले भने, ‘पासपोर्ट रोक्का गर्ने रे? के सोचेको छ यो सरकारले? हा–हुँको सरकारलाई देश जिम्मा लगाएर हामी विदेश भाग्छौं?’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

युलेन्स स्कुलको अध्यक्षबाट आरजु राणाको राजीनामा

जेन–जी आन्दोलनका क्रममा भदौ २४ गतेको प्रदर्शनमा ‘आरजु राणाको लगानीमा सञ्चालनमा रहेको नेपालकै महँगो विद्यालय’ भन्दै युलेन्स स्कुलमा आगजनी गरिएको थियो। यद्यपि आरजु विद्यालय व्यवस्थापन समितिको अध्यक्ष मात्र थिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माओवादीको केन्द्रीय कमिटी भंग, प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक कमिटी गठन

शुक्रबार सम्पन्न केन्द्रीय कमिटी बैठकबाट केन्द्रीय कमिटी भंग गरी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को संयोजकत्वमा महाधिवेशन आयोजक समिति घोषणा भएको हो। माओवादीले आगामी मङ्सिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेताहरू बाहिर धेरै बोल्ने आफ्नो पार्टीभित्र केही पनि गर्न नसक्ने प्रवृत्तिका छन्: विद्यादेवी भण्डारी

शुक्रबार काठमाडौंमा जेन-जी आन्दोलनपछिको परिस्थितिबारे आयोजित अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले नयाँ पुस्ताको मनोविज्ञान, माग र आकांक्षा पहिचान गरी त्यसलाई सम्बोधन गर्नुपर्नेमा जोड दिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं