‘टेक एन्ड पे’ राम्रो गर्न ल्याइएको थियो, नराम्रो गर्ला जस्तो लागेर हटाइयो’- ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘टेक एण्ड पे’ राम्रो गर्नको लागि ल्याइएको तर नराम्रो गर्ला जस्तो लागेर हटाइएको बताएका छन्। मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा उठेको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । उनले भने, ‘टेक एण्ड पे’ राम्रो गर्नको लागि ल्याइएको थियो, नराम्रो गर्ला कि जस्तो लाग्यो, हटाइयो।’ सोमबार सत्ता पक्षका शीर्ष नेताहरूबीचको छलफलबाट ‘टेक एण्ड पे’ हटाउने निर्णय भएको थियो।
बिएल संवाददाता - काठमाडौं