सोमबार, ०१ डिसेम्बर २०२५

विशेष कारण देखाउँदै प्रतिनिधि सभा बैठकको समय परिवर्तन

प्रतिनिधि सभाको बैठक बस्ने समय परिवर्तन भएको छ। मंगलबार बिहान ११ः०० बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारणले गर्दा आजै दिनको २ः०० बजे बस्नेगरी निर्धारण गरिएको संघीय सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिएका छन्। उनले बैठक निर्धारित समयमा वस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, ०७९ को नियम ६ को उपनियम (२) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम सभामुखले सभाको बैठक सारेको पनि जानकारी दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रतिपक्षी दलको बैठकः गृहमन्त्रीको राजीनामा नै ‘बटमलाइन’

प्रतिपक्षी दलको मंगलबार संघीय संसद भवनमा बसेको बैठकले गृहमन्त्री रमेश लेखकले राजीनामा दिएर भिजिट भिसा प्रकरणमा सहयोग गर्नुपर्ने निष्कर्ष निकालेको छ। प्रतिपक्षी दल माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीसहमतिका दलका नेताहरूले पहिलो चरणको बैठक सकिएको जानकारी दिँदै उक्त निष्कर्ष निकालेका हुन्। भिजिट भिसामार्फत मानव तस्करी प्रकरण र संघीय सदनको बैठकबारे माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संघीय सदनस्थित कार्यकक्षमा छलफल भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गोकुल बास्कोटाले अस्वीकार गरे ‘झोले’ बन्न, भनेः म एमाले कार्यकर्ता हुँ

सोमबारबाट एमाले नेता कार्यकर्ताहरूले आफूलाई झोले स्वीकार गर्दै म झोले हो अभियान जोडदार रुपमा चलाइरहेका छन्। शीर्ष नेतादेखि कार्यकर्ताहरूले सामाजिक सञ्जालमा म झोले हो भनिरहँदा सांसद गोकुल बास्कोटाले भने झोले अभियान बहिष्कार गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत झोले अभियान प्रति असन्तुष्टि पोख्दै आफूलाई एमालेको कार्यकर्ता भएको र एमालेमा समाज बदल्ने क्रान्तिकारी सिद्धान्त भएको दाबी गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सूर्य थापालाई भीम रावलको समर्थन, ओलीलाई काउन्टर गर्दै थापाले भनेका थिए यस्तो…

मातृभूमि जागरण अभियान नेपालका अध्यक्ष भीम रावलले नेपाली नोट पैसामा पृथ्वीनारायण शाह र गौतम बुद्धको तस्बिर राख्ने एमाले सांसद सूर्य थापाको प्रस्तावको समर्थन गरेका छन्। प्रधानमन्त्री केपी ओलीको पृथ्वीनारायण शाहलक्षित अपमानजनक टिप्पणीपछि पक्ष र विपक्षमा बहस भइरहेका बेला सूर्य थापाले संसदीय समितिमा यस्तो प्रस्ताव गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रेस काउन्सिलमा एमाले र कांग्रेसको भागबण्डा

सत्तारुढ दलका प्रमुख एमाले र कांग्रेसले प्रेस काउन्सिलको रिक्त ६ सदस्य पदमा भागबण्डा गरेका छन्। एमाले निकट पत्रकारहरूको संगठन प्रेस चौतारी र कांग्रेस निकट प्रेस युनियनले बराबर तीन-तीन सदस्य भागबण्डा गरेका हुन्। सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरूङले भागबण्डमा सिफारिस ६ जनालाई सदस्यमा नियुक्त गरेका हुन्। एमाले निकट पत्रकार संगठनबाट निमा काफले, भीमलाल श्रेष्ठ र शान्तराम विडारी नियुक्त भएका छन्। भने कांग्रेस निकट पत्रकार संगठनबाट नकुल अर्याल, बालकृष्ण अधिकारी र पदमराज जोशी सदस्यमा नियुक्त भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सिन्धुली पुगेर मन्त्री खड्काले भनेः प्रमाणबिना गृहमन्त्रीको राजीनामा माग्नु अव्यवहारिक

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले विभिन्न स्तरबाट फैलाइँदै आएका अफवाह र कुप्रचारप्रति चिन्ता व्यक्त गर्दै ती भ्रममा नपरी देशको विकासमा समर्पित हुन आग्रह गरेका छन्। सुनकोशी मरिन ड्राइभर्सन बहुउद्देशीय आयोजनाको स्थलगत अवलोकन गर्न सिन्धुली पुगेका मन्त्री खड्काले जिल्लास्थित पार्टी कार्यालयमा नेता कार्यकर्ताहरूसँगको भेटमा देशको हालको राजनीतिक, सामाजिक अवस्था र विकास रणनीतिबारे आफ्नो धारणा व्यक्त गरेका हुन्। ‘देशमा केही पनि नभएको होइन, धेरै काम भएका भएका छन्। केहि हुँदैपनि छ। धेरै काम गर्न सकिन्छ र गर्नु पनि पर्छ। त्यसका लागि सकारात्मक सोच र काम गर्ने इच्छाशक्ति अपरिहार्य छ,’ मन्त्री खड्काले भने।

बिएल संवाददाता

बिएल संवाददाता - सिन्धुली

ओली-देउवासँग भेट्नुअघि प्रचण्डले किन भेटे माधव नेपाल?

प्रमुख तीन दलका शीर्ष नेताहरूबीचको छलफल सिंहदरबारमा जारी छ। यता प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवासँग छलफल गर्नुअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका थिए। माओवादी संसदीय दलको बैठकलगत्तै सिंहदरबारमा दुई नेताबीच छलफल भएको थियो। भेटमा माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेकपा एसका नेता प्रमेश हमाल पनि सहभागी थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गृहमन्त्रीलाई ‘साक्षी’ राखेर सिंहदरबारमा शीर्ष नेताहरूबीच छलफल हुँदै

संसदमा देखिएको गतिरोध हटाउने विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको आव्हानमा प्रमुख दलका शीर्ष नेताहरूको छलफल जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा जारी छलफलमा प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ घनिभुत छलफलमा जुटेका छन्। छलफलमा कांग्रेसबाट पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक, कृष्णप्रसाद सिटौला सहभागी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद चल्न नदिने माओवादीको निर्णय

नेकपा (माओवादी केन्द्र)ले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म संसदको अवरोध कायमै राख्ने निर्णय गरेको छ। सोमबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले गृहमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको उपमहासचिव वर्षमान पुनले बताए। उनले भने, ‘भोलिको संसदको अवरोध यथावत रहन्छ। गृहमन्त्रीले राजीनामा दिनुपर्छ भनेर विपक्षीले मात्रै भनिरहेको छैन। आम मिडिया र जनसमूदायले पनि भनिरहेको छ। भिजिट भिसा प्रकरणमा सेटिङ भएको छ। को संलग्न छ भन्ने कुरा त छानबिनले देखाउँछ। छानबिनको लागि उहाँले मार्गप्रशस्त गर्नुपर्छ भन्ने दलको निष्कर्ष छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विपक्षीलाई ओलीको चेतावनीः संसद जसरी पनि चलाउँछौं

प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री रमेश लेखकको राजीनामालाई अनावश्यक विषय बनाएर प्रतिपक्षले सदन अवरोध गर्नु लोकतन्त्र विपरीत भएको जिकिर गरेका छन्। सोमबार बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले मङ्गलबारदेखि संसदका नियमित गतिविधि सञ्चालन हुने दाबी गरे। ‘भोलिदेखि नियमित संसद चलाउँ भनेर मैले प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’जी कुरा गर्न खोजे तर उहाँ जानीजानी सम्पर्कमा आउनुभएन। वार्ता, संवाद नगर्ने अनि सदन बन्द गर्ने मुडमा उहाँहरू हुनुहुन्छ होला। यस्तो व्यवहार सँधै चल्दैन। संसद यस्ता नचाइने कुरामा सँधै बन्द हुँदैन्,’ प्रधानमन्त्री ओलीले भने, ‘केही विषय नपाएर गृहमन्त्रीको राजीनामा मागिएको छ, जबकि गृहमन्त्रीमाथि कुनै उजुरी वा छानबिन चलेको छैन। त्यसकारण यस्ता कुरामा संसद अवरुद्ध हुँदैन। माननीयज्यूहरू तयार भएर बस्नुस्। भोलिदेखि सदन चल्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

यातायात बन्दमा पनि साझा यातायातको सेवा ‘निरन्तर’, पुलिसले सघाउँदै

यातायात व्यवसायीहरूले देशभरको यातायात सेवा ठप्प बनाउँदा काठमाडौं उपत्यकामा साझा यातायातले २१ वटा बसमार्फत नियमित रुपमा सेवा प्रदान गरिरहेको छ। सोमबार सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिले सबै सार्वजनिक सवारी साधन बन्द गरेको अवस्थामा पनि साझा यातायातले एयरपोर्ट, बानेश्वर, रत्नपार्क, नागढुंगा, लगनखेल, नयाँ बसपार्क र लगनखेल नारायणथानको रुटमा नियमित रुपमा सेवा प्रदान गरिरहेको छ। साथै, नेपाल प्रहरीले पनि निःशुल्क बस सेवा उपलब्ध गराएको छ। नेपाल प्रहरीले निःशुल्क बस सेवा उपलब्ध गराएको रुट नम्बर १ नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुल्चोक, नयाँ बानेश्वर, बालुवाटार, शिक्षण अस्पताल, चक्रपथ रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमालेले थाल्यो ‘झोले’ अभियान, ओलीको सन्देशः ‘झोले’ भन्दैमा सत्य अँगाल्न नछोडौं

सामाजिक सञ्जालमार्फत ‘झोले’ भन्दै अपमान हुन थालेपछि नेकपा एमालेले आफ्ना नेता कार्यकर्ताको मनोबल बढाउन ‘म झोले हो’ अभियान सुरु गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार ‘म झोले हो’ भन्दै सामाजिक सञ्जालमार्फत तस्बिर सेयर गर्दै अभियानको सुरुवात गरेका हुन्। ओलीले अभियान सुरु गरेसँगै एमालेका नेता कार्यकर्ताहरूले आफूले आफूलाई ‘झोले’ स्वीकार गर्दै अभियान धमाधम फैलाउन थालेका छन्। ओलीले झोले अभियान सुरु गर्दै, ‘हिजोआज एउटालाई भगवान बनाउनु पर्‍यो भने सामूहिकतामा विश्वास राख्नेहरूलाई पहिले झोले भनेर लखेटिन्छ र समाजलाई भीडमा बदलिन्छ। भीडसँग बल अवश्य हुन्छ, तर सत्य नहुन सक्छ। सामाजिक सञ्जालमा झोले भनेर खेदियो भन्दैमा सत्य अँगाल्न नछोडौं। सामूहिक र संगठित आक्रमणबाट हरेकले आफ्नो निजत्व जोगाउनु पर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बुद्धिजीवी परिषदमा ओली र दुई पोखरेलका उम्मेद्वार पराजित

नेकपा एमालेनिकट नेपाल बुद्धिजीवी परिषद्को अध्यक्षमा गजेन्द्रप्रसाद थपलिया निर्वाचित भएका छन्। एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेलको आर्शीवाद पाएका अर्का उम्मेद्वार दीपेन्द्र भण्डारीलाई ५० मतले पराजित गर्दै थपलिया विजयी भएका हुन्। थपलियाले १५४ मत पाउँदा भण्डारीले १०४ मत मात्र पाए। एघारौं राष्ट्रिय अधिवेशनमा अध्यक्ष, उपाध्यक्ष र सचिवबाहेक सबै पदमा सर्वसम्मत नेतृत्व चयन गरिएको हो। निर्वाचनपछि थपलियाको नेतृत्वमा ९९ सदस्यीय केन्द्रीय समिति चयन गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकार र यातायात व्यवसायीबीच ‘वार्ता कमिटी’ गठन गर्ने सहमति, छलफल दिनभर चल्ने

गृहमन्त्री रमेश लेखक र सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिका पदाधिकारीहरूबीच छलफल भएको छ। विभिन्न माग राख्दै यातायात व्यवसायीहरूले आन्दोलन गरिरहेका बेला  गृहमन्त्रालयमा दुवैपक्षबीच सोमबार बिहान छलफल भएको हो। छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले छलफलमा वार्ता कमिटी गठन गरिने सहमति भएको बताए। उनले प्रदेश सरकारले ल्याएको ‘राइड सेयरिङ’को मान्यतालाई स्थगन गर्ने र आफूहरूले गरेको आन्दोलनलाई पनि सघन गर्ने गरी अगाडि बढ्ने वातावरण बनाउनका लागि छलफल दिनभरी नै चल्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राजावादीको प्रदर्शनका सबै कार्यक्रम स्थगित

सोमबार राजावादी समूहले उपत्यका बन्दसहित आन्दोलनका सबै कार्यक्रम स्थगित गरेको छ। आज दरबार हत्याकाण्डको दिन सबै नेपालीहरूको लागि शोकको दिन भएकाले जुलुस, धर्ना जस्ता अन्य आन्दोलनका कार्यक्रमहरू केही नगरिएको एक विज्ञप्ति जारी गर्दै संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले बताएका छन्। आज साँझ ६ बजे कमलादी गणेशस्थानमा राजपरिवारका दिवङ्गत आत्माहरूको चिर शान्तिका लागि दीप प्रज्वलन कार्यक्रम राखिएको सुवेदीले बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमाले संसदीय दलको बैठक बस्दै

सोमबार नेकपा एमाले संसदीय दलको बैठक बस्दैछ। बैठक दिउँसो १ बजे लोत्से हल बानेश्वरमा बस्न लागेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

काठमाडौंमा थपिए निषेधित क्षेत्र, आजै मध्यरातबाट लागु हुने

जिल्ला प्रशासन कार्यालयले थप तीन स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ। राजावादी आन्दोलन चर्किएपछि आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले थप तीन स्थानलाई निषेधित क्षेत्र तोक्न सिफारिस गरेको थियो। सोही सिफारिस बमोजिम प्रशासनले निषेधित क्षेत्र थपेको हो। प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार सिफल चौर क्षेत्र, कोटेश्वर आकाशे पुलिदेखि दक्षिण बालकुमारीतर्फको क्षेत्र र बल्खु क्षेत्रलाई निषेधित क्षेत्र तोकिएको छ। निषेधाज्ञा बढीमा दुई महिनासम्म जारी रहने र सो समयावधिमा ती क्षेत्रमा धर्ना, विरोध, जुलुश, प्रदर्शन, अनसनजस्ता गतिविधि गर्न नपाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

लिङ्देनले बोलाए राप्रपा कार्यसम्पादन समितिको आकस्मिक बैठक

राजावादी आन्दोलनमा प्रहरी धरपकड भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय कार्यसम्पादन समितिका आकस्मिक बैठक बोलाएको छ। पार्टी कार्यालय धुम्बाराहीमा केहीबेरमै बैठक बस्न लागेको हो। बैठकमा आन्दोलनका क्रममा भएको प्रहरी हस्तक्षेप, सांसद दीपक सिंह प्रहरी परिसरबाटै पक्राउ भएको विषय र आन्दोलनको भावी रणनीतिबारे छलफल हुने राप्रपाले जनाएको छ। आज बालुवाटारतर्फ जाँदै गरेको आन्दोलनका क्रममा प्रहरीले धरपकड गर्दा नारायणचौरमा तनाव भएको थियो। सो क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापासहित ७ जना प्रदर्शनकारी पक्राउ परेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री ओलीद्वारा रिमोट थिचेर एकैपटक ६४ सडकको शिलान्यास

प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसका ६४ सडकको एकैपटक शिलान्यास गरेका छन्। मधेस प्रदेश सरकारको गौरवको योजनाका रुपमा रहेको ‘एक निर्वाचन क्षेत्र: एक सडक’ कार्यक्रमअन्तर्गत ६४ वटा सडकको ओलीले विद्युतीय माध्यमबाट एकैसाथ शिलान्यास गरेका हुन्। धनुषाको जनकपुरस्थित महेन्द्रनारायण निधि सभागृहमा प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले एकैपटक यी सडकको शिलान्यास गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुरधाम

कमल थापा छुटाउन गएका सांसद सिंह आफैं पक्राउ

प्रहरी हिरातमा रहेका राप्रपा नेपालका अध्यक्ष कमल थापालाई भेट्न काठमाडौं प्रहरी परिसर पुगेका राप्रपा सांसद दीपक सिंह आफैं पक्राउ परेका छन्। थापालाई भेट्न नपाउँदै सांसद सिंह परिसरको गेटबाटै पक्राउ परेका हुन्। गेटमा ड्युटीमा खटिएका प्रहरीमाथि दुर्व्यवहार गरेपछि सांसद सिंहलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं