ओलीले दिए पुटिनलाई नेपाल भ्रमणको निम्तो
प्रधानमन्त्री केपी शर्मा ओलीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई नेपाल भ्रमणको निम्तो दिएका छन्। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा रुसी महासङ्घअन्तर्गतको काल्मिकियाका प्रमुख बाटु कासिकोभ नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटवार्ताका क्रममा ओलीले पुटिनलाई नेपालको औपचारिक भ्रमणको निम्तो सुनाइदिन भनेका हुन्। ओलीले नेपाल र रुसबीच कुनै सैन्य सम्झौता नभएको अवस्थामा रुसी सेनामा नेपालीलाई भर्ना नगर्न राष्ट्रपति पुटिनलाई आफ्नो सन्देश सुनाइदिन पनि आग्रह गरेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बिएल संवाददाता - काठमाडौं