सोमबार, १५ सेप्टेम्बर २०२५

के माओवादीभित्र जनार्दनले विद्रोह गर्दैछन्?

माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माको नेतृत्वमा १५-१६ सांसद र नेकपा एसका ७ सांसदले विद्रोहको तयारी गरिरहेको उनको दाबी छ। बस्नेत भन्छन्, ‘तपाईं (प्रचण्ड) माधव नेपालको आडमा यस्ता कुरा गर्दै हुनुहुन्छ। तपाईंकै पार्टीका जनार्दन शर्मालगायत क्रान्तिकारी साथीहरूलाई तपाईं सम्झाउन सक्नुहुन्छ? तपाईंका पार्टीका १५-१६ सांसदले विद्रोह गर्ने स्थिति बन्दैछ। माधव नेपालको पार्टी हो कि क्लब हो? तपाईंका पार्टीका ७ सांसद हात उठाएर पार्टी छाड्न तयार भइसकेका छन्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कैलालीमा पूर्वमन्त्रीसहित ३ सय ५८ नेताले छोडे एमाले, रोजे भीम रावलको अभियान

हप्ता दिनअघि एमाले कैलालीले पार्टीबाट निकालेका पूर्वमन्त्री सुवेदीसहित जिल्ला कमिटी सदस्य भिष्मराज सुवेदीलगायत ३ सय ५८ जनाले एमाले छाडेर नेता रावलको अभियानमा जोडिएको जानकारी दिएका छन्। रावलनिकट स्रोतकाअनुसार उक्त अभियानमा कैलालीको गोदावरी र गौरिगंगा नगरपालिकाका करिब २ सय ५० भन्दा बढी एमाले संगठित सदस्य रहेको बताइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - कैलाली

‌ओली सरकारले जनतामा आशा जगाएको छः शंकर पोखरेल

शनिबार राष्ट्रिय कार्यकर्ता भेला २०८१ मा बोल्दै उनले पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सरकार चलाएर राम्रो काम गरिरहेको समयमा राम्रो भएको देख्न नचाहने, सधैंभरी अस्थिरतामा रमाउन खोज्नेहरूको कमी नभएको बताएका हुन्। साथै उनले नेकपा एमालेको नेतृत्वले सरकारले जनतामा आशा जगाएको बताए। उनले सरकारले जनतामा आशा संञ्चारित गरेको र विकास र निर्माणका कामहरूले तिव्रता पाइरहेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बैतडीमा जिप दुर्घटना हुँदा दुई जनाकाे मृत्यु, चार घाइते

बैतडीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। सुपप्र ०१००१ च ४०२८ नम्बरको जिप सडकबाट करिब पाँच सय मिटर तल खस्दा उनीहरूकाे मृत्यु भएकाे थियाे भने चार जना घाइते भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - बैतडी

अहिलेकाे सरकारले विधेयकलाई कानूनमा परिणत गरिरहेकाे छ: प्रकाशमान सिंह

उपप्रधान तथा सहरी बिकासमन्त्री प्रकाशमान सिंहले सरकारले विधेयकहरूलाई कानूनमा परिणत गर्ने र बाँकी रहेका कामहरूलाई जोड दिएर अगाडि बढाउने पक्षमा लागि रहेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

भक्कापछि प्रचण्डले लिए ढिक्रीको स्वाद

थारु समुदायको परिकार ढिक्री कुनै चाडपर्व र समारोहमा बनाउने गरिन्छ। यो विशेष गरी चामलको पिठोको ढिक्री बनाउने प्रचलन छ भने त्यसको अलवा गहुँ, जौँ र मकैको पिठोको पनि बनाउने गरिन्छ। विभिन्न थरिका अन्नबाट ढिक्री बनाएर खाने प्रचलन भए पनि देवतालाई भने प्रायःजसो चामलको ढिक्री प्रसादको रुपमा चढाउने प्रचलन थारू समुदायमा विद्यमान छ।

बिएल संवाददाता

बिएल संवाददाता - दाङ

रविको थुनछेक बहस हेर्दाहेर्दैमा, आइतबार फ‍ेरि उपस्थित हुनुपर्ने

रुपन्देही जिल्ला अदालतमा न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बुधबारबाट जारी बहस शुक्रबार पनि नसकिएपछि आइतबारका लागि मुद्दा हेर्दाहेर्दैमा राखिएको श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले जानकारी दिए। बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछानेको बयान सकेर थुनछेक बहस भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - बुटवल

सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’

राष्ट्रिय गौरवको आयोजनाको रूपमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङ छिचोलिएको (‘ब्रेक थ्रु’) भएको छ। सो अवसरमा भर्चुअल माध्यमबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देश अहिले सुरूङ युगमा प्रवेश गरेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रधानमन्त्रीद्वारा सिद्धबाबा सुरुङ मार्गको भर्चुअल माध्यमबाट ‘ब्रेक-थ्रु’

प्रधानमन्त्री ओली कार्यक्रमस्थलमै पुगेर उदघाटन गर्ने कार्यक्रम रहेपनि स्वास्थ्य प्रतिकूलताका कारण शुक्रबार प्रधानमन्त्री निवास, बालुवाटारबाट सम्बोधनसहित उद्घाटन गरेका हुन्। प्रधानमन्त्री ओलीले पाल्पाली जनतासँग भेटघाट गर्ने चाहना हुँदाहुँदै रुघाखोकी लागेका कारण प्रत्यक्षरुपमा उपस्थित हुन असमर्थ भएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अबेर राति ‘बर्थडे पार्टी’मा केक खाएपछि ओलीको स्वास्थ्यमा समस्या

चिसोका कारण घाँटीमा समस्या भएपछि बुधबारदेखि ओली प्रधानमन्त्रीको सरकारी निवासमै आराम गरिरहेका छन्। प्रधानमन्त्रीको स्वर भासिएको र क्रमशः सुधार भइरहेको सचिवालयले जनाएको छ। सचिवालय स्रोतका अनुसार प्रधानमन्त्री ओलीले मंगलबार बेलुका बालुवाटारमै एमाले सचिवालय बैठक डाकेर बामदेव गौतमलाई पार्टी प्रवेश गराउने विषयमा छलफल गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

त्रिपाठीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

त्रिपाठीविरुद्ध  उदयपुरका दिलबहादुर राईले काठमाडौं जिल्ला अदालतमा अवहेलना मुद्दा दर्ता गराएका हुन्। त्रिपाठीले केही सञ्चार माध्यममा रवि लामिछानेलाई धरौटीमा रिहा गर्ने कास्की र काठमाडौं जिल्ला अदालतका न्यायाधीशको कार्यक्षमतामा प्रश्न उठाइ अमर्यादित, अशोभनीय र अति असंवेदनशिल टिप्पणी गरेको आरोप लगाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री आज पनि ‘बेड रेस्ट’मा, सबै कार्यक्रम रद्द

प्रधानमन्त्रीको सचिवालयका अनुसार स्वास्थ्यमा उल्लेख्य सुधार नभएपछि ओलीको आजको सम्पूर्ण कार्यक्रम रद्द गरिएको छ। आज ओली सिद्धबाबा सुरुङ्ग ब्रेक-थ्रुका लागि पाल्पा जाने कार्यक्रम थियो। तर, चिसोका कारण घाँटीमा समस्या भएपछि बुधबारदेखि ओली प्रधानमन्त्रीको सरकारी निवासमै आराम गरिरहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सहकारी ठगी प्रकरण- पीडितको तर्फबाट सुरेन्द्र भण्डारीले थाले बहस

लामिछाने विरुद्ध रूपन्देही जिल्ला अदालतमा आइतबार सहकारी ठगीमा मुद्दा दर्ता भएको थियो। बुधबार लामिछाने अदालतमा उपस्थित भई उनी माथिको बयान सकिएको थियो। बिहीबार सरकारी वकिलले बहस गरेका थिए भने आज पीडित पक्षका दुई वकिल र लामिछानेका तर्फबाट बहस हुने छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रविमाथि रुपन्देहीमा थुनछेक बहस आज पनि जारी

लामिछाने विरुद्ध रूपन्देही जिल्ला अदालतमा आइतबार सहकारी ठगीमा मुद्दा दर्ता भएको थियो। बुधबार लामिछाने अदालतमा उपस्थित भई उनी माथिको बयान सकिएको थियो। बिहीबार सरकारी वकिलले बहस गरेका थिए भने आज पीडित पक्षका दुई वकिल र लामिछानेका तर्फ बाट बहस हुने छ।

बिएल संवाददाता

बिएल संवाददाता - रुपन्देही

सिद्धबाबा सुरूङमार्गको ‘ब्रेक थ्रु’ आज, सहभागी हुँदै ओली

सिद्धबाबा सुरूङमार्गको ‘ब्रेक थ्रु’ आज शुक्रबार हुने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली सुरूङमार्ग ब्रेक थ्रु कार्यक्रममा सहभागी हुने तय भएको हो। ब्रेक थ्रुलाई सेलिब्रेसनको रुपमा मनाउन प्रधानमन्त्री आउने तय भएको सिद्धबाबा सुरूङमार्ग निर्माण आयोजनाका प्रमुख कृष्णराज अधिकारीले बताए। सुरूङमार्गको ब्रेक थ्रुका लागि प्रधानमन्त्रीसहित उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल लगायत आउने तय भएको उनले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विकसित देशहरूमा विवाहको उमेर १८ वर्षै छ– विमला सुवेदी

कानून, न्याय तथा मानव अधिकार समितिका सभापति विमला सुवेदीले संसद बोलाउन चटारो परिरहेको सन्दर्भमा सरकारले हतार हतार अध्यादेश ल्याउनु उपयुक्त नभएको बताएकी छन्।  एजेन्सीको कुराकानीमा उनले पक्ष र विपक्ष रहेका दलहरूले संसद बोलाउन दबाब दिइरहेको सन्दर्भमा सरकारले अध्यादेश ल्याएको भन्दै यसले सरकारको नियत ठिक नभएको संकेत गरिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आजको मौसम कस्तो छ?

हाल देशको पश्चिमी भागमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावले हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली छ भने बाँकी भूभागमा मौसम  सफा रहेको छ।   अहिले तराईका धेरै भागमा हुस्सु लागेको छ भने यो क्रम यो  साताभर रहने  महाशाखाले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आप्रवासीविरुद्ध निर्मम ट्रम्प- ६ महिनामा ३ हजार नेपाली फिर्ता गर्दै

आईसीईले अस्थायी संरक्षण स्टाटस (टीपीएस)मा नरहेका उनीहरूलाई पक्राउ गरेमा तुरुन्तै निष्कासित हुनेछन्। निष्कासनमा पर्नसक्ने अधिकांश नेपालीहरू २०१५ जुन २४ पछि अमेरिका प्रवेश गरेका थिए। त्यसअघि अमेरिका प्रवेश गरेका पनि टार्गेटमा पर्न सक्छन्। यद्यपि उनीहरूमध्ये अधिकांश टीपीएसअन्तर्गत संरक्षित छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रविलाई आज पनि श्रीमती र कानुन व्यवसायीको जिम्मा लगाउने आदेश

बिहीबार जिल्ला न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा भएको थुनछेक बहस नसकिएपछि उनलाई शुक्रबार अदालतमा उपस्थित गराउने सर्तमा श्रीमती निकिता पौडेल लामिछाने र उनका कानुन व्यवसायीलाई जिम्मा लगाउने आदेश दिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - बुटवल

रुपन्देहीमा रवि लामिछानेविरुद्ध थुनछेक बहस जारी

बुधबार रूपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलास लामिछानेको बयान सकिएको थियो। आज थुनछेक बहस जारी छ। बहसपछि लामिछानेलाई साधारण तारेख, धरौटी जमानतमा रिहाइ गर्ने वा पुर्पक्षका लागि थुनामा पठाउने भन्ने टुंगो लाग्ने छ। रास्वपा रुपन्देही स्रोतका अनुसार बहस लामो हुने भएकोले लामिछानेको तर्फबाट बहसका लागि समेसम्म कम वकिलहरूलाई बहसमा उतारिँदै छ।

बिएल संवाददाता

बिएल संवाददाता - बुटवल