सोमबार, १५ सेप्टेम्बर २०२५

सरकारमा जान हाम्रो रुचि छैन : प्रचण्ड

सरकारले संसद अधिवेशन आह्वान गर्नुको सट्टा अध्यादेशमा बल गरेपछि विपक्षी दलहरूले विशेष अधिवेशनको माग गर्ने तयारी गरेपछि सरकारले बाध्य भएर संसद आह्वान गरेको बताए। अब विपक्षी दलहरूले संसदमा जनताका एजेन्डा प्रभावकारी रुपमा र आवश्यक कानुन निर्माणमा जोड दिने प्रचण्डले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - सुर्खेत

जंगली जनावरको आक्रमणबाट महिलाको मृत्यु, लतारिएको अवस्थामा शव फेला

बुधबार सोही वडामा रहेको भवती सामूदायिक वनको वनमा दाउरा काट्न गएकी चेतीलाई बाघ वा चितुवा मध्य कुनै एक वन्यजन्तुले आक्रमण गरी मारेको हुनसक्ने आशंका गरिएको भगवती सामूदायिक वनका अध्यक्ष टिकाराम वलीले जानकारी दिए। उनलाई हिंस्रक जंगली जनावरकै आक्रमण भएको अनुमान गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - बाँके

सरकारप्रति हाम्रो कुनै अभिरुचि छैन–  प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारमा जाने बारे आफ्नो पार्टीको कुनै रुचि नभएको बताएका छन् । सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो धारणा राखेका हुन् । नीतिगत रुपमा हेर्दा यो सरकारको आयु लामो नभए पनि आफूहरुले सरकार बदल्न खोजेको भन्ने बुझाइ चाहिँ सही नभएको उनले स्पष्ट गरे ।

बिएल संवाददाता

बिएल संवाददाता - सुर्खेत

‘होली वाइन’का सूत्रधारलाई सांसद् बनाएकोमा भीम रावलकाे आपत्ति

‘मातृभूमि जागरण अभियान’ नेपालका प्रस्तावक डा. भीम रावलले ‘होली वाइन’का सूत्रधार तथा नेपाल परिवाद दलका अध्यक्ष एकनाथ ढकाललाई एमालेबाट सांसद् बनाएको भन्दै प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको नैतिकतामाथि फेरि प्रश्न उठाएका छन्। नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछामले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता रावलले नेपालको संस्कृतिलाई ध्वस्त गरेर ‘यूनिफिकेशन चर्च’को झण्डा बोक्ने अर्को पार्टीका व्यक्तिलाई एमालेबाट सांसद् बनाएको भन्दै चर्को आलोचना गरे।

बिएल संवाददाता

बिएल संवाददाता - अछाम

राप्रपा कार्यसम्पादन समितिको बैठक बस्दै

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक बिहीबार बस्दैछ। कार्यसमितिको बैठकका एजेण्डामा छलफल गर्न केन्द्रीय  कार्यसम्पादन समितिको बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्न लागेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

महाराष्ट्र रेल दुर्घटन: मृत्यु भएका चार जना नेपाली पहिचान

बुधबार साँझ पाैने पाँच बजेतिर महाराष्ट्रकाे जलगाउँमा उक्त दुर्घटना भएकाे थियाे। खासगरी पुष्क एक्सप्रेसमा आगाे लागेकाे हल्ला फैलिएपछि यात्रुहरूले रेलकाे चेन खिचेर राेकेका थिए। त्यसपछि त्याे रेलबाट यात्रुहरू ओर्लेर भागदौड गर्न थाले र अर्काे ट्र्याकबाट आएकाे कर्नाटक एक्प्रेसकाे रेलले कैयाै यात्रुलाई कुल्चेकाे थियाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ऐन महरविरुद्ध पक्राउपूर्जी

महरमाथि एक महिलाले यौन शोषण र बलात्कारविरुद्ध मुद्दा हालेका थिइन्। उच्च अदालत पाटनका न्यायाधीश ब्रजेशकुमार प्याकुरेल र कृष्णराम कोइरालाको इजलाशले बुधबार परमादेशसँगै महरविरुद्ध पक्राउपूर्जी जारी गरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अमेरिकामा ट्रम्प २.० : नेपालमा ‘ट्रिकल डाउन’

अमेरिकामा ट्रम्प २.० सुरू भएसँगै नेपाल र नेपालीमा पनि यसको सम्भावित असरलाई लिएर चासो र चिन्ता बढेको छ । अमेरिकाको नेपाली डायस्पोरामा त्रास र अनिश्चितत बढेको छ । कागजपत्रविहीनहरू फर्किनुपर्ने दिन गन्न थालेका छन् भने अंगीकृत नागरिक भैसकेका समेत कुनै बहानामा ‘डिन्याचुरालाइजेसन’ होइने हो कि भन्ने त्राशमा छन् । नेपालमा सरकार ‘अमेरिका पहिलो नीति’का कारण सहयोग घट्ने चिन्तामा परेको छ भने जनस्तरमा तथाकथित अमेरिकी सपना बन्द हुने सम्भावनाले निराशा बढाएको छ । यसले पार्ने अरू ट्रिकल डाउन असरको त उल्टो दिनगन्ती नै सुरू भैसकेको छ ।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

रविलाई श्रीमती र कानुन व्यवसायीको जिम्मा लगाउने आदेश, भोलि फेरि उपस्थित हुनुपर्ने

बुधबार जिल्ला न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले बिहीबार बिहान १० बजे अदालत उपस्थित हुने गरी रविलाई श्रीमती निकिता पौडेल लामिछाने र उनका कानुन व्यवसायीलाई जिम्मा लगाउने आदेश दिएको हो। अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीका अनुसार भोलि पनि रविविरुद्ध थुनछेक बहस हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आफ्नै नाङ्गो तस्वीरले झन्डै ज्यान लिएन, साइबर ब्यूरोले बचायो

प्रहरीले सबै कुरा सुन्यो। अनि सुरुमा उनलाई स्कुलमा घुलमिल र पुन:स्थापनाको पहल थाल्यो। प्रहरीको एउटा टोली उनको विद्यालयमा पुगेर उनका साथीहरू, विद्यालयका शिक्षक अनि अरु विद्यार्थीहरूसँग परामर्श गर्‍यो। उनलाई फेरि पहिलाकै अवस्थामा विद्यालयमा पुन:स्थापना गरायो। अन्सारीलाई पनि खोजेर पक्राउ गर्ने आश्वासन पनि दिलायाे। तर नेपाल प्रहरीका लागि याे काम कम्ता चुनौतीपूर्ण थियाे। किनकि जावेद  विदेशी नागरिक थिए र विदेशबाटै याे काम गरिरहेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अमेरिकामा लुकेका तीन नेपालीलाई देशनिकाला, अन्यलाई खोज्दै ट्रम्प प्रशासन

नेपालको अध्यागमन स्रोतका अनुसार लोकबहादुर ‌ओली तल्लो बाटो हुँदै अमेरिका प्रवेश गरेका थिए। अन्य दुई जना गैरकानुनी रुपमा बसोबास गर्दै आएका थिए। स्रोतका अनुसार उनीहरूलाई कुन कानुनअनुसार फिर्ता पठाइएको हो भन्ने स्पष्ट खुलाइएको छैन। अमेरिकाबाट यसअघि पनि गैरकानुनी रुपमा बस्दै आएका नेपालीहरू देशनिकाला भइसकेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

यू-१९ महिला विश्वकपः लगातार ३ खेल हार्दै नेपाल समूह चरणबाटै बाहिरियो

मलेसियाको यूकेएम वाईएसडी ओभल क्रिकेट मैदानमा अस्ट्रेलियाले दिएको १४० रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा ५६ रन मात्र बनाउन सक्यो। नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक १८ रन बनाइन्। बलिङमा अस्ट्रेलियाका हसरत गिल, जुलियट मोर्टन र लिली बासिङथ्वाइटले समान २/२ विकेट लिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अखिल क्रान्तिकारीको चुनावः मैदानमा ‘वर्षमान-जनार्दन’

पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले अन्तिम समयसम्म पनि सहमतिको प्रयास गरेका थिए। तर, उपमहासचिवद्वय वर्षमान पुन र  जनार्दन शर्मा समूहले नमानेपछि अन्त्यमा निर्वाचनमै प्रतिष्पर्धा हुने भएको हो। अन्य गुटका भन्दा उम्मेदवारभन्दा खासमा वर्षमान र जनार्दन समूहबीच कडा टक्कर हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रविको मुद्दा न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा

सुप्रिम सहकारीको १४ करोड बचत रकम गैरकानुनी रुपमा गोर्खा मिडिया नेटवर्कमा लगिएको भन्दै लामिछानेसहित २२ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतमा आइतबार पुरक मुद्दा दर्ता भएको थियो। लामिछानेविरुद्ध संगठित अपराधमा पनि मुद्दा दर्ता भएको छ। लामिछाने तत्कालिन समयमा गोर्खा मिडियाका प्रबन्ध निर्देशक थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री ओली अस्वस्थ, बुधबारका सबै कार्यक्रम रद्द

स्वास्थ्यमा समस्या भएपछि ओलीले बुधवारको पूर्वनिर्धारित कार्यक्रमहरू रद्द गरेका छन्। उनी बालुवाटारमै आराम गरिरहेको सचिवालयले जनाएको छ। बिरामी भएपछि बुधबार हल चोकमा आयोजना भएको २४ औँ सशस्त्र प्रहरी दिवसमा समेत प्रधानमन्त्री सहभागी भएनन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘सहकारी पीडित’को तर्फबाट बहस गर्न भैरहवा उड्दै त्रिपाठी

त्रिपाठीले सामाजिक सञ्जालमार्फत भैरहवा उड्न प्लेन पर्खिरहेको तस्बिर सेयर गर्दै लेखेका छन्, ‘भैरहवा उडानको प्रतिक्षामा/न्यायको यात्रा निरन्तर जारी- मौसमको अवस्थाले उडानमा अत्यधिक ढिलाईको अवस्था।’ त्रिपाठी सहकारी पीडितको तर्फबाट बहस गर्दैछन्। यसअघि पनि उनले पोखराको सूर्यदर्शन सहकारी र काठमडौंको स्वर्णलक्ष्मी सहकारी पीडितको तर्फबाट बहस गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सन्दीपमाथि एक साताअघि नै कारबाही भएको खुलासा

नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपलाई आचारसंहिता विपरित हर्कत गरेको भन्दै कारबाही गरेको थियो। क्यानले उनलाई एक घरेलु खेलमा प्रतिबन्ध लगाएको छ। त्यस्तै उनलाई तीन ‘डिमेरिट प्वाइन्ट’ दिइएको छ। जय ट्रफी प्रतियोगिताका क्रममा सामाजिक सञ्जालबाट अम्पाएको निर्णयमाथि प्रश्न उठाएपछि क्यानले उनीमाथि कारबाही गरेको हो। जय ट्रफी लगत्तै सन्दीपमाथि क्यानले स्पष्टिकरण सोध्दै कारबाही गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रुपन्देही अदालतमा उपस्थित हुँदै रवि लामिछाने

सुप्रिम सहकारीको १४ करोड बचत रकम गैरकानुनी रुपमा गोर्खा मिडिया नेटवर्कमा लगिएको भन्दै लामिछानेसहित २२ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतमा आइतबार पुरक मुद्दा दर्ता भएको थियो। लामिछाने तत्कालिन समयमा गोर्खा मिडियाका प्रबन्ध निर्देशक थिए।

बिएल संवाददाता

बिएल संवाददाता - बुटवल

‘विदेश जानुअघि खुशियाली साट्न’ हिँडेका आमाछोरा बाटाेमै अस्ताए

तनहुँको ऋषिङ गाउपालिका–६ चालिसे स्थायी घर भएका १९ वर्षीय सन्दिप आलेले तनहुँ सदरमुकाम दमौलीस्थति बाराही कलेजबाट १२ कक्षा पास गरेर विदेश जाने तयारी गरिरहेका थिए।    सोही क्रममा उनले ४० वर्षीय आमा मधुमाया आलेसँग मिलेर व्यास नगरपालिका–५ पाटनस्थित सेती हाइड्रो जाने पुल नजिकै बाटो माथि सेतीमादी रिभर कटेज चलाउँदै आएका थिए। उनलाई विदेश जान अफर लेटर पनि आयो।

बिएल संवाददाता

बिएल संवाददाता - पोखरा

सुप्रिम सहकारी प्रकरण- अदालतमा हाजिर हुन रुपन्देही पुगे रवि

मंगलबार हवाईमार्गबाट भैरहवा आएका हुन्। उनी भैरहवाको देवकोटा चोकमा बसेका छन्। उनी बुधबार रुपन्देही जिल्ला अदालतमा उपस्थित हुनेछन्। रविसँगै श्रीमती निकिता र रास्वपाका केन्द्रीय नेताहरू पनि भैरहवा पुगेका छन्। रविसहित २२ जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले पुरक अभियोजन दर्ता गराएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - रुपन्देही