सांसद बोहराको पार्थिव शरीर भैरहवा लगिंदै, आजै काठमाडौं ल्याइने
प्रतिनिधिसभा सदस्य तथा राप्रपाका वरिष्ठ नेता दिपक बोहराको अन्त्येष्टि भोलि बुधबार मात्र हुने भएको छ। मंगलबार ओम अस्पतालमा निधन भएका ७४ बर्षीय बोहराको पार्थिव शरीरलाई अहिले आज मंगलबार गृहनगर भैरहवा लगिने र आजै साँझ काठमाण्डौं ल्याइने राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका थिए। लामो समयदेखि घाँटीको समस्याबाट पीडित उनी पछिल्लो समय पेटको समस्याबाट समेत पीडित थिए।
बिएल संवाददाता - काठमाडौं