मङ्गलबार, २९ जुलाई २०२५

मेलबर्नमा गुन्जियो नेपथ्य

अटेसमटेस दर्शक र मञ्चका कलाकारबीच सामञ्जस्य मिलेपछि कन्सर्टको रौनक अर्कै हुन्छ। त्यस्तो बेला दर्शकले दिने हरेक प्रतिक्रिया भव्य देखिन्छ। यसको उदाहरण देखियो सोमबार साँझ मेलबर्नको फेस्टिभल हलमा। कन्सर्ट सकिनै लाग्दा नेपथ्य ब्यान्डको परिचय गराउँदै गायक अमृतले ‘आजको ड्रमसेटमा ध्रुव’ भन्दै बारम्बार दोहोर्‍याए। उत्ति नै पटक दर्शकले पनि ‘ध्रुव’ भनेर चिच्याए। उनले थप्दै लगे ‘मादलमा शान्ति’, ‘किबोर्डमा दिनेश’, ‘बेस गितारमा सुविन’, ‘गितारमा नीरज’। यसरी नाम लिइँदा दर्शकदीर्घाले उत्तेजित भएर प्रशंसा गरिरहेको थियो। अन्तिममा सानो स्वरमा ‘र, म अमृत’ भनेका मात्र के थिए, अघिसम्म चिच्याइरहेका दर्शक उफ्रिन सुरु गरे। भुइँ थर्किन थाल्यो।

बिएल संवाददाता

बिएल संवाददाता - मेलबर्न

जया बच्चनले उडाइन् अक्षय कुमारको मजाक

जया बच्चन आफ्नो रिसको कारण चर्चित छिन्। जतिखेरपनि उनी जोसँग भड्किन्छिन्। तर, उनी आफ्नो परिवार र साथीहरूसँग पनि यसरी रिसाउँछिन् भनेर अनुमान लगाउन भने मुश्किलै छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पौने पाँच अर्बमा बन्ने चिनियाँ चलचित्रको छायांकन नेपालमा

ठूलो बजेटमा निर्माण हुने चिनियाँ चलचित्र नेपालमा छायांकन हुने भएको छ। चलचित्र ‘लिभ फरेवर एन्ड नेभर डाई’को नेपालमा ५० प्रतिशत छायांकन हुने भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

गुलाम अली काठमाडौंमा, शनिबार ललितपुरमा गुञ्जिने

११ सदस्यीय ब्याण्डसहित दुबई हुँदै नेपाल आइपुगेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजक साधना कला केन्द्रका पदाधिकारी, संगीतकार दीपक जंघम र पञ्चकन्याले स्वागत गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

‘राजागंज’बाट ओलीको भाषण काटिएपछि बाबुरामको आपत्ति

चलचित्र बोर्डले २०७२ सालमा एमालेको अध्यक्षको रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट बाहिरिने मधेशी दलहरूलाई ‘रुखबाट झरेका दुई-तीनटा आँप’को संज्ञा दिएको दृश्य फिल्ममा समावेश गरिएकोमा आपत्ति जनाएको हो। त्यसलाई हटाउन वा फिल्ममा समावेश गर्नैपर्ने भए प्रधानमन्त्रीको कार्यालयबाट अनुमतिसहितको पत्र लिएर आउन सेन्सर बोर्डले निर्देशन दिएको थियो। बोर्डले केही दृश्य र संवादमा आपत्ति जनाउँदै रोक लगाएपछि निर्माताले पुनः सेन्सरका लागि आवेदन दिएका थिए। बोर्डले राखेका सबै सर्तहरू पूरा गरेपछि फिल्मले ‘युनिभर्सल सर्टिफिकेट’ प्राप्त गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘डायरेक्टर’ले भनेपछि मान्ने पथ्यो...

बलिउडको कयौं फिल्ममा काम गरिसकेकी दीया मिर्चा पछिल्लो दिन भने ओटीटीमा रिलिज भएको फिल्म ‘नादानियाँ’ मा देखिएकी छिन्। उनलाई बलिउडमा काम गर्न थालेको २४ वर्ष पुगिसकेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

‘ऋतु’ उपन्यास सार्वजनिक

बुक्स हिमालयद्वारा प्रकाशित उक्त कृतिको विमोचन प्राडा. खगेन्द्रप्रसाद लुइटेल, सिर्जना अभियान समाजका अध्यक्ष धनमान श्रेष्ठ, समाजका सचिव तथा वरिष्ठ लघुकथाकार ध्रुव मधिकर्मी, नाटककार एवं कवि राम केएसी, बुक्स हिमालयका रोमन शाक्य, लेखकका श्रीमान् यज्ञश्वर जोशी तथा स्वयं लेखक लक्ष्मीलोचना वैद्यले संयुक्त रूपमा गरेका हुन्। कार्यक्रममा वक्ताहरूले नेपाली साहित्यमा वैद्यको योगदानको चर्चा गर्दै ‘ऋतु’ उपन्यासले पाठकमा नयाँ अनुभूति दिने विश्वास व्यक्त गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘राजागंज’की आशा स्विट्जरल्याण्डको ‘फ्रिबर्ग अन्तर्राष्ट्रिय सिनेमा महोत्सव’मा जुरी सदस्य

फ्रिबर्ग अन्तर्राष्ट्रिय सिनेमा महोत्सव मार्च २१ देखि ३० सम्म स्विटजरल्याण्डमा आयोजना हुँदैछ। चैत १ गते नेपालमा सिनेमा रिलिज भएपछि आशा महोत्सवका लागि स्विट्जल्याण्ड उड्ने छिन्। यतिबेला उनी ‘राजागंज’को प्रचारमा व्यस्त छिन्। सिनेमामा आशासहित दयाहाङ राई, विजय बराल, ऋचा शर्मा, पशुपति राई, पूर्वमिस नेपाल निकिता चाण्डक, गौमाया गुरुङ, पुष्पा यादव, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वर कुमार झा, नीरज श्रेष्ठ लगायतको अभिनय छ। सिनेमाले भेनिस, ह्याम्बर्ग, बुसान र मुम्बई जस्ता विश्वका ठुला सिनेमा महोत्सवमा आफ्नो प्रभाव जमाई सकेको छ। यो सिनेमा गत कात्तिक एकै महिनामा ५ फेस्टिभलमा स्क्रिनिङ भएको थियो। सिनेमाले भेनिसमा १० मिनेटको स्ट्यान्डिङ ओभियसन प्राप्त गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संविधानले बाँडिरहेको ‘उधारो’ अधिकार

प्रतिफल विनाको मेहनतले अपेक्षित उपलब्धि नदेखिएको हो। कर तिरेर सञ्चालन गरिएको राज्यका तर्फबाट अपनत्व अनुभुती गर्न नपाए पछि गुनासो चुलिएको हो। कानुनमा लेखिएका मौलिक हक दुर्गममा उधारो छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अभिनेत्री गौरी मल्ललाई मातृशोक

अभिनेत्री गौरी मल्ललाई मातृशोक परेको छ। उनकी ८८ वर्षिया आमा हेमकुमारीको बिहिबार दिउँसो उपचारको क्रममा गंगालाल अस्पतालमा निधन भएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रचण्डलाई रेखाको कटाक्ष–सुन चर्पी खोई?

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरू ‘जनतासँग माओवादी तराई मधेस जागरण अभियान’ अन्तर्गत मधेसमा निस्किएको विषयलाई कोट्याउँदै उनले लेखेकी छन्, ‘हाम्रो सत्ता आएपछि सुनको चर्पी हुन्छ भनेको होइन र? फेरि एक चोटी मधेसतिर लालसेना खोज्न हिडेँछन् काम्रेडहरू, पुराना आधार ईलाकामा पत्याउन छोडे कि क्या हो? चटक पनि कत्ति जानेको?’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

छोरी हुर्किन थालेपछि गोविन्दासँग छुट्टै बस्न थालेकाे सुनिताकाे बयान

पछिल्लोे समय बलिउडमा एउटा समाचार फैलियो। त्यो थियो गोविन्दा र सुनिता आहूजाको सम्बन्ध बिच्छेदबारे। ३७ वर्षको वैवाहिक जीवन छुट्न लागेको भनेर पूरै सामाजिक सञ्जालमा भाइरल बन्यो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

‘फेरि रेशम फिलिली’- ‘कागजको टुक्राले दिने खुसी, तार, सपना र समाज’

यसका पछाडि हजारौं व्यक्तिहरूको सपनाको देश, स्वतन्त्रताको भेष अमेरिकाले लिने आप्रवासन, समलिंगी, आर्थिक सहायतासम्बन्धि नीतिहरू रहेका छन्। उता डोनाल्ड ट्रम्प पदासिन भएपश्चात यता (नेपाल)का हरेक छापाहरूमा सपनाको सहरबारे दिनहुँ समाचार आए। यसअघि पनि नआएका भने होइनन्।  समुन्द्रका कयौं माइलको जोखिमयुक्त यात्रा गर्दै, मेक्सिकोको बाटोबाट बिचौलियाहरूलाई घर खेत बेचेर अमरिका गएका कथाहरू ताजै छन्, बीचैमा डुंगा पल्टेर, बिचौलियाले अलपत्र बनाएका र कागज किर्ते गरी जान खोजेका र लान खोजेकाको कुरा भनि साध्य छैन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

धिरज, मिरुना र दीकिलाको ‘कुस्ती’को छायांकन सुरू

उनले काठमाडौं आसपासमा ४५ दिनको सेड्युल तय गरेर छायाङ्कन सुरू गरेको जानकारी दिए। अनुषा सिनेमावुड पिक्चर्स प्रालिको व्यानरमा निर्माण हुने फिल्ममा  धिरज मगर, मिरुना मगर, बुद्धी तामाङ, दीकिला शेर्पा, रवीन्द्र झा, पुस्कर गुरुङ, राजाराम पौडेल, किरण केसी, लुनिभा तुलाधर, सूर्यमान लिम्बू, अरविन गुरुङ, रजनी गुरुङ, सुवर्ण थापा लगायतका कलाकारको अभिनय रहेनछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बलिउड अभिनेत्रीले गरिन् नेपाली युवकसँग विवाह

बलिउड फिल्म ‘जुगजुग जियो’ अभिनेत्री प्रजक्ता कोलीले नेपाली केटासँग विवाह गरेकी छन्।  उनले नेपाली युवक वृशांक खनालसँग मंगलबार विवाह गरेकी हुन्। जसको जानकारी कोलीले सामाजिक संजाल इष्टाग्रामबाट दिएकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अभिनेत्रीकाे चक्करमा डिर्भाेस गर्दैछन् गाेविन्दा?

पछिल्लाे समय बलिउड अभिनेता गोविन्दा र उनकी श्रीमती सुनिता आहुजाको सम्बन्ध विच्छेदले चर्चा बटुलिरहेकाे छ। भारतीय सञ्चारमाध्यमका अनुसार ६१ वर्षीय गोविन्दा ३० वर्षीय मराठी अभिनेत्रीसँग अफेयरमा छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

‘लाज शरणम्’ आजबाट हलमा, सबै शो हाउसफुल

कतिपय हलका शो मंगलबार दिउँसो नै हाउसफुल भइसकेका थिए। ललितपुरको लाबिम मल, भक्तपुरको भाटभटेनीस्थित क्यूएफएक्स, बानेश्वरको आईएनआईलगायत हलका केही शो हाउसफुल भइसकेका छन्। काठमाडौंको सिभिल मललगायतका हलमा पनि अधिकांश टिकट बिक्री भइसकेका छन्। रिलिजको २४ घण्टा अगाडि नै अधिकांश शोहरू हाउसफुल हुनु र धेरै अग्रिम बुकिङ हुनु चलचित्रको राम्रो व्यापार गर्ने संकेत हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘मेरै करिम’ गीतको भिडियो सार्वजनिक

मौसम गुरुङको स्वर रहेको ‘मेरै करिम’ गीतको भिडियो सार्वजनिक भएको छ। मनोहर भण्डारीको निर्देशनमा बनेको उक्त गीतको भिडियो सोमबार दिपक घिमिरेको यूटुब च्यानेलमार्फत सार्वजनिक भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

उदित नारायणकी जेठी श्रीमतीको चित्कार–मलाई पैसा होइन, श्रीमानको साथ चाहिन्छ

बलिउडका चर्चित गायक उदित नारायणकी जेठी श्रीमती रञ्जना झाले उनीविरुद्ध कयौं आरोप लगाएकी छिन्।  रन्जना झाले वैवाहिक अधिकार पुनस्र्थापनाका लागि सुपौल पारिवारिक अदालतमा मुद्दा दायर गरेकी छिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मध्यरातमा खाना बोकेर सडकमा भौतारिन्थे सलमान खान

उनी सिपालु अभिनेताका साथै एउटा असल मानिस पनि हुन्। उनी आफ्नो दर्शकलाई कहिल्यै दुखी बनाउँदैनन्। उनी आवश्यकता परेका मानिसहरूको मदत पनि गर्छन्। जुन कुरा उनीसँगै काम गर्ने अभिनेत्री आयशा जुल्काले सुनाएकी थिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं