‘कमेडी दरबार’मा फर्किए मनोज गजुरेल
चर्चित कमेडी टेलिभिजन शो ‘कमेडी दरबार’को महाराजामा मनोज गजुरेल फर्किएका छन्। चारवटा एपिसोडमा नदेखिएका गजुरेलले मंगलबार नयाँ एपिसोडको छायांकन गरेका छन्। शोमा महाराजाको भूमिकामा रहेका उनी एक महिना लामो युरोप टुरमा थिए। मनोज गजुरेलको स्थानमा फिल्म निर्देशक प्रदीप भट्टराईलाई ल्याइएको थियो।
बिएल संवाददाता - काठमाडौं