ओली-देउवासँग भेट्नुअघि प्रचण्डले किन भेटे माधव नेपाल?
प्रमुख तीन दलका शीर्ष नेताहरूबीचको छलफल सिंहदरबारमा जारी छ। यता प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवासँग छलफल गर्नुअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका थिए। माओवादी संसदीय दलको बैठकलगत्तै सिंहदरबारमा दुई नेताबीच छलफल भएको थियो। भेटमा माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेकपा एसका नेता प्रमेश हमाल पनि सहभागी थिए।
बिएल संवाददाता - काठमाडौं