मङ्गलबार, १४ अक्टोबर २०२५

ओली सरकारलाई धमाधम झड्का- जसपापछि लोसपाले पनि अध्यादेश ‘अस्वीकार’ गर्ने पक्का

भूमिसम्बन्धि अध्यादेशको गरिब र पिछडिएका डोम, मुसहर, चमार, दुसाध, सन्थाल, गनगाई, राजवंशी, रानाथारु लगायत सम्पूर्ण रुपमा कृषिमा आधारित गरिब समुदायलाई यसको उपलब्धिको दायराबाट बन्ञित राखिने तथा यो अध्यादेशले वन फँडानी र अवैध कब्जा गर्ने प्रवृत्तिलाई बढवा दिने हाम्रो ठहर छ। त्यसैले यो अध्यादेश जनताको हित विपरित रहेको हाम्रो ठहर छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हाम्रो विरासत नै फोहोर थुपार्ने प्रवृत्तिको भयोः सञ्चारमन्त्री गुरुङ

‘हामी जति विद्यमान जनशक्ति छ त्यसको चाँही कार्य क्षमता र कार्यदल एकदमै कमजोर छ। यसमा राम्रो गर्नलाई ट्रेनिङ भएन की के भएन यसले गर्दा कार्य क्षमता कमजोर भएको हो की? आम रुपमा यो समस्या हो। यसमा लिडरसिपको भूमिका कमजोर देखियो। लिडरसिपहरूले ध्यान दिनुपर्ने अवस्था आएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मन्त्रीको नाम जोडिएपछि स्वास्थ्य मन्त्रालयले भन्यो- स्वास्थ्य उपकरण खरिदमा मन्त्रीको संलग्नता हुँदैन

विज्ञप्तिमा पत्रकारिताको सिद्धान्तअनुसार वास्तविकता, सन्तुलन र विश्वसनियताका आधारमा तथ्य र प्रमाणसहित पत्रकारिता गर्न सम्बन्धित सञ्चारमाध्यमलाई आग्रह गर्दै गैरजिम्मेवारपूर्ण समाचारमा विश्वास नगर्न विज्ञप्तिमार्फत सबैलाई अनुरोध गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

शिक्षकले विद्यार्थीभित्रको सम्भावनालाई चिन्नुपर्छः महामन्त्री शर्मा

‘आदरणीय गुरुहरूमा म आग्रह गर्न चाहन्छु- परम्परागत रुपमा नै हामीले सुन्ने गरेकै छ। तिमी भविष्यमा के बन्न चाहन्छौं भनेको, यो त्यो समयको कुरा हो। के बन्ने भन्ने प्रश्न सुनिन्थ्यो। तर, आज मभित्र केको सम्भावना छ भन्ने कुरा मैले आफैले बुझ्न सकिनँ भने त्यो बुझाइ दिने कर्तव्य शिक्षकको हो। एउटा विद्यार्थी आफू भविष्यमा यो त्यो बन्छु भनेर सपना देख्दै गर्दा शिक्षकले पनि कक्षाकोठाभित्र कुन विद्यार्थीमा के बन्ने सम्भावना छ त्यो देख्न सक्नुपर्‍यो। सपना शिक्षकले पनि देख्न पर्‍यो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रहरीमाथि दुर्व्यवहार गर्ने कसैलाई नछोड्न गृहमन्त्रीको निर्देशन

बुधबार बिहान गृहमन्त्रालयमा प्रहरी प्रमुख कुवँरसहित उच्च पदस्थ प्रहरी अधिकारीहरूलाई बोलाएर मन्त्री लेखकले शान्ति सुरक्षा कायम गर्ने क्रममा प्रहरीमाथि भइरहेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै छानबिन गरी दोषीलाई तत्काल कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कार्यकर्तालाई शंकरको निर्देशन- सामाजिक सञ्जालमा बोल्न थाल्नुस्, जो बाहिर निस्कन्छ त्यही देखिन्छ

‘इन्टरनेट संजाललाई सूचना महामार्ग मानिन्छ। सामाजिक सञ्जाल आफैंमा राजमार्ग जस्तै हो। सडकको यात्रामा जो निस्कन्छ त्यही देखिन्छ। घरभित्र बसेको मान्छे सडकमा नदेखिए जस्तै सामाजिक संजालमा असल मानिसहरू नआउदासम्म आएका खराब मान्छेहरू देखिने हो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

फागुन महिनाभर नसर्ने रोगसम्बन्धी निःशुल्क परीक्षण गरिँदै

‘हामीले सार्वजनिक गरेको योजना तथा प्राथमिकतामा उपचारात्मक सेवा व्यवस्थित गरेसँगै निरोधात्मक विधिबाट नागरिकलाई रोगको दुष्चक्रबाट यथासम्भव जोगाउने योजना अन्तर्गत अभियान थालिएको हो,’ मन्त्री पौडेलले भने,‘नागरिकको आधारभूत स्वास्थ्य परीक्षण अनि सचेतनाका माध्यमबाट सकेसम्म रोग लाग्नै नदिने तथा लागेको खण्डमा समयमै उपचारबाट नागरिकको स्वास्थ्य र नागरिक तथा राज्य दुवैको धनराशि जोगाउने हाम्रो प्रयत्न जारी छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपाल उच्चशिक्षा अध्ययनका लागि अब्बल छः उपप्रधानमन्त्री सिंह

‘हाम्रो देशमा शिक्षाको गुणस्तरलाई प्रश्न गरिन्छ, तर अहिले नेपालमै बसेर प्रविधिको उपयोग गर्दै विभिन्न विषयमा अध्ययन गर्ने अवसर धेरै छन्, यसलाई तपाईंहरूले अधिकतम उपयोग गर्नुपर्छ।’ उपप्रधानमन्त्री सिंहले पाटन संयुक्त क्याम्पसको पूर्वाधार विकासमा गर्नुपर्ने काम यस क्याम्पसका प्रमुख र विद्यार्थीका प्रतिनिधिहरूसंग छलफल र समन्वय गरेर बजेट व्यवस्थापन गरेर समाधान गर्ने प्रतिबद्धता जनाए।

बिएल संवाददाता

बिएल संवाददाता - ललितपुर

नेसपा (नयाँ शक्ति)को मतगणना सुरु, कसले मार्ला बाजी?

पार्टीको पदाधिकारी र केन्द्रीय सदस्य गरी ९० पदमा ७० पदका लागि निर्वाचनबाट प्रतिष्पर्धा भएको हो। २० पदका उम्मेद्वार निर्विरोध निर्वाचित भइसकेका छन्। पार्टीको अध्यक्ष पदका लागि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र नेत्र चापागाईं प्रतिस्पर्धामा छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नयाँ शक्तिको महाधिवेशनले पारित गर्‍यो १३ प्रस्ताव (पूर्णपाठ)

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) प्रथम राष्ट्रिय महाधिवेशनबाट १३ बुँदे प्रस्ताव पारित गरेको छ। काठमाडौंमा तिन भएकाे महाधिवेशनले १३ वटा समसामयिक प्रस्तावहरू पारित गरेको पार्टीले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एकैदिन ८ वटा समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

बुधबार संघीय संसद अन्तर्गत विभिन्न आठवटा समितिको बैठक बस्दैछ। जसअनुसार आज प्रतिनिधिसभाका ६ र राष्ट्रिय सभाअन्तर्गतका दुई गरी आठवटा समितिको बैठक एकैदिन बस्न लागेका हुन्। यसैअनुसार अर्थ समितिको बैठक बिहान ११ बजे बस्दै भएको छ। बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर संशोधनकर्ता सांसदहरुसंग छलफल गर्नेछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेसपा (नयाँ शक्ति)को मतगणना सुरु, अध्यक्षमा कसले मार्ला बाजी?

पार्टीको पदाधिकारी र केन्द्रीय सदस्य गरी ९० पदमा ७० पदका लागि निर्वाचनबाट प्रतिष्पर्धा भएको हो। २० पदका उम्मेद्वार निर्विरोध निर्वाचित भइसकेका छन्। पार्टीको अध्यक्ष पदका लागि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र नेत्र चापागाईं प्रतिस्पर्धामा छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उपेन्द्रले अध्यादेश अस्वीकार गरेपछि बालुवाटारमा कांग्रेस-एमालेको आकस्मिक बैठक

प्रतिनिधिसभामा बहुमत भएपनि अध्यादेश पारितका लागि राष्ट्रिय सभामा जसपा नेपालबीना बहुमत नपुग्ने भएपछि अध्यादेश पारितका लागि प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले एक्लाएक्लै वार्ता गरेर उपेन्द्रलाई मनाउँने प्रयास गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बालेन साहले गरिब जनतालाई दुःख दिने काम गरेः अमरेशकुमार सिंह

‘लड्नै मन छ भने मेरो भनाई एकदमै प्रष्ट थियो- महानगरभन्दा बलियो ठाँउ संसद भवन छ केही गर्न सकिन्छ भने भनेर भन्न खोज्या हो। उहाँलाई विकास गर्नु छ भने पार्क बनाए हुन्छ। तर बेकारमा जो कमजोर छ, निर्दोष छ उनीहरूलाई कुटपिट गर्ने, उसको घरमा डोजर लगाउने, एउटा कुनै विकल्प नदिईकन त्यतीकै बसिरहेको ठाँउ हटाउने काम गर्नु भएन्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भूमिसम्बन्धी अध्यादेशको विपक्षमा मतदान गर्ने उपेन्द्रको निर्णय

जसपा नेपालले अन्य ५ अध्यादेशमा भने समर्थन गर्ने बताएको छ। संसदीय दलको बैठकपछि अध्यक्ष यादवले विज्ञप्ति जारी गर्दै भूमिसम्बन्धी अध्यादेशमा समर्थन गर्न नसक्ने बताएका हुन्। यादवले सो अध्यादेश सरकारले विभिन्न बहानामा विभिन्न व्यक्तिलाई जग्गाको परिमाणको सीमा तथा क्षेत्र समेत नतोकी बिक्रि वितरण गर्न र बाँड्न ल्याएको दाबी गरेका हुन्। जसपा नेपालले सो अध्यादेशको विपक्षमा मतदान गर्ने पनि उनले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बाबुरामको पार्टीका केन्द्रीय सदस्य मल्ल माओवादी केन्द्रमा प्रवेश

माओवादी केन्द्रमा प्रवेश गर्दै मल्लले भट्टराईले नयाँ बनाउने नाममा कम्युनिष्ट विचार छाडेको साथै बाबुरामले भन्ने गरेको नयाँ विकल्पको दिशाहीन राजनीतिको औचित्यसमेत समाप्त भएकाले पार्टी परित्याग गरेको बताए। देश र जनतालाई माया गर्ने वास्तविक पार्टी माओवादी केन्द्र भएको अब आफू पुरानै घर फर्किएको बताउँदै माओवादी केन्द्रमा रहेर देश र जनताको पक्षमा काम गर्ने उनले प्रतिबद्धता जनाए।

बिएल संवाददाता

बिएल संवाददाता - सुर्खेत

‘सरकारले संसदमा दुई तिहाइको धाक देखायो’

‘सरकार पक्षले जतिबेला चाहे त्यतीबेला जसरी चाहे त्यसरी पेलान गर्न पाइन्छ र? यो प्रक्रियामा नियमापत्ति गर्दै गर्दा विषयवस्तुमा नियमापत्ति गर्नुपर्ने हो की भाषण सुनाउने हो? विपक्षीहरूलाई सरकारले दुई तिहाईको धाक दिने काम गर्यो।’ साथै, उनले नियमापत्तिको लागि दफा २६ हुँदाहुँदै दफा १२ बारे भाषण दिएको भन्दै यो प्रक्रिया सभामुखलाई सरकारले सिकाउने हो की सभामुखले आफ्नो स्वविवेक प्रयोग गर्नुपर्ने हो भन्दै प्रश्न गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बालकृष्ण खाणको कार्यकर्तालाई आग्रह- रामो काम गरेकालाई राम्रो भनिदिनुस्

कांग्रेस दाङ क्षेत्र नं. १ ले लमहीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता खाणले गिरिजाप्रसाद कोईरालाको भनाइ समेत स्मरण गराए। उनले भने, ‘विरोध नगर्ने हो भने कांग्रेसलाई नम्बर १ पार्टी बनाउनबाट कसैले रोक्न सक्दैन। गिरिजाप्रसाद कोइरालाले भन्दा हामी मनमनै हास्थ्यौं। उहाँ भन्नुहुन्थ्यो- ‘कांग्रेसले संसारलाई विश्वास गर्न सक्छ। कांग्रेसले कांग्रेसलाई नै हराउँछ’ त्यो कुरा सत्य रहेछ।’

बिएल संवाददाता

बिएल संवाददाता - दाङ

सरकारले संसदलाई अपहेलना गर्‍यो: पाण्डे

‘सरकारले जनताका प्रतिनिधिहरूको आवाजलाई ठिक तरिकाले सुन्न सकिरहेको छैन्। आजको विषयसूचीमा नियमावलीको व्यवस्थाअनुसार कार्य व्यवस्था परामर्श समितिको बैठकबाट यही महिनाको १५ गते कार्यतालिका बनायौं। त्यो कार्यतालिका अनुसार आज भ्रष्टाचार निवारण सम्बन्धी विधेयक प्रस्तुत हुने र पारित गर्ने विषयवस्तु थियो। हिजो पनि आजको कार्यसूचीबारे छलफल भएको थियो तर आज सरकारले समय छैन त्यसकारण कार्यसूची हटाइयो भनेर जानकारी दियो। के सरकारले नियम पालना गर्नु पर्दैन?’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ग्रामीण क्षेत्रका महिलाको पाठेघरको मुख र स्तन क्यान्सरको टेस्ट निःशुल्क गर्न सांसद घर्तीको माग

उनले विश्व स्वास्थ्य संगठनको रिपोर्टअनुसार १९ दशमलव ४ प्रतिशत महिलामा पाठेघरकाे मुखकाे क्यान्सर हुने देखिएपनि ६ प्रतिशतले मात्रै जाँच गराउँने र १७ दशमलव १ प्रतिशतलाई स्तन क्यान्सरको देखिएपनि ४ प्रतिशतले मात्रै जाँच गराउँनले गरेको बताइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं