मङ्गलबार, १४ अक्टोबर २०२५

प्रकृतीको लागि न्याय माग्दै भारतीय दूतावास अगाडि अनेरास्ववियूको प्रदर्शन

आन्दोलनमा पुगेका अनेरास्ववियूका अध्यक्ष समिक बडालले प्रकृती लम्सालको हत्या भएको दाबी गर्दै हत्यारालाई कारबाहीको अपिल गर्दै आन्दोलनमा रहेका नेपाली विद्यार्थीहरूलाई कलेज प्रशासनले निकाला गरेको भन्दै यस्तो कार्यको विरुद्ध आन्दोलनमा उत्रिएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जनकपुरमा १२ सय बिघा जग्गा लुटिएको रास्वपा सांसदको दाबी, नेताहरूको नाम सार्वजनिक गर्ने चेतावनी

‘अहिले १४ सय बिघामा २ सय बिघामात्रै बाँकी छ। पुराना दलका सबै नेता, त्यहाँको स्थानीय जनप्रतिनिधि, ठेकेदार, दलाल सबै मिलेर १२ सय विघा लुटिसके। त्यससम्बन्धी पटक-पटक आवाज उठाउँदै आएको छु। विभिन्न चरणमा हामी सरकारमा हुँदैगर्दा त्यसको खोजतलास गर्नका लागि कमिटी र प्रतिवेदनमा पनि काम गरिसकेका छौं।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुमनाले स्टन्ट गरिन्ः सभामुखको सचिवालय

संसद बैठक बस्नुअघि सबै दलका सचेतक र प्रमुख सचेतकहरूसँग छलफल गरेर आकस्मिक समयमा बोल्ने सांसद र विषय टुंगो लगाइन्छ। आकस्मिक समयपछि शून्य समयका लागि समय दिइन्छ र त्यसपछि सदनको बाँकी कामकारबाही सुरु हुन्छ। यतिसम्म कि संसद अवरुद्ध नै गर्ने भएपनि कार्यव्यवस्था समितिको बैठकमा जानकारी गराउने प्रचलन छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गृहमन्त्रीले प्रहरी विधेयक भनेर नागरिकता विधेयक पेस गरेपछि…

गृहमन्त्रीले प्रहरी विधेयक भनेर नागरिकता विधेयक प्रस्तुत गर्दासमेत सभामुखले पत्तो नै पाएनन्। गृहमन्त्रीले नागरिकता संशोधनसम्बन्धि विधेयक प्रस्तुत गरे, सभामुखले भने प्रहरीसम्बन्धि विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफल अघि बढाएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अरुले आएर देश बनाइदिँदैन: प्रधानमन्त्री

‘४० वर्ष अगाडि छिमेकी चीन गरिब मुलुक थियो। अहिले आफ्नै मेहनतले सम्पन्न भइसकेको छ। हामीले पनि प्रविधि प्रयोगको ल्याकत बढाएर आफैंले देशको विकास गर्नुपर्छ। कुन ठाउँमा के उत्पादन हुन्छ भन्ने पहिचान गरेर ठूलो परिणाममा खेती र उत्पादन गर्न सकेमा बजार पाइन्छ। त्यस कारण हामीले त्यस्ता उत्पादनमा लाग्नुुपर्छ। उद्योगहरु स्थापनाका लगानी विस्तार गर्नुपर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - दाङ

भारतमा नेपाली छात्राको मृत्यु प्रकरणमा प्रधानमन्त्रीको चासो, कुटनीतिक पहल थालेको जानकारी

भारतको ओडिशास्थित केआईआईटी विश्वविद्यालयमा बीटेक तेस्रो वर्षमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको आत्महत्या शंकास्पद रहेको त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरूले बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रोजगारी सिर्जना गरेर सामाजिक अपराध घटाउनुपर्छ: सांसद रानामगर

रानाले भारतमा मजदुरी गर्न गएका बाबुआमाले घरमा एक्लै छोडेका १७ र १४ वर्षका २ जनाले आफूसंगै चोरीमा संलग्न दुल्लू नगरपालिका-५ रिजुपोखराका छिमेकी अर्को बालकको केही दिनअघि हत्या गरेको भन्दै सरकारले स्वदेशमै रोजगारी सृजना गरेर आगामी दिनमा यस्ता घटनाहरूबाट बचाउनुपर्ने बताएकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुमनाको आरोप- सभामुखले भारतमा आत्महत्या गरेकी छात्राको विषयमा बोल्न दिएनन्

संसदमा प्रधानमन्त्रीलाई कसरी प्रश्न सोध्ने भन्ने कक्षा सञ्चालन लिन, सांसदलाई झोले किन भनियो भन्ने गुनासो सुन्नलाई मात्र आकस्मिक समय दिएको तर नेपाली विद्यार्थी विदेशमा मारिँदा र अनाहकमा सयौँले दुख पाउँदा उक्त विषयले संसदमा प्रवेश नपाएको उनले बताइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कुम्भ मेलामा डुबुल्की मार्दै गगनले भने- ‘पवित्र अनुभूति भयो’

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भारत उत्तर प्रदेशको प्रयागराजमा जारी महाकुम्भ मेलाको दर्शन र स्नान गरेका छन्। सोमबार कुम्भ मेलामा डुबुल्की मारेको तस्बिरहरू सामाजिक सञ्जालमार्फत सेयर गर्दै उनले कुम्भ मेलामा स्नान गर्न पाउँदा पवित्रताको अनुभूति भएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपालमा बसेर ‘केही हुँदैन’ भन्ने भाष्य नै गलतः मन्त्री सिंह

‘अहिले युवाहरूमा नेपालमा बसेर के हुन्छ र भन्ने खालको नकरात्मक कुराहरू उठिरहेको छ। तर म के भन्न चाहान्छु भने नेपालमा अवसर र स्वतन्त्रता छ। आफूले चाहे अनुसार अगाडि बढ्न सक्ने अवस्था छ। त्यसकारण नेपालमा नै बसेर गुणस्तरीय शिक्षा र भविष्य बनाउन सक्ने वातावरण बन्छ भन्ने कुरा सोचेर अगाडि बढ्नु पर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सभामुखले बोल्न नदिएपछि रिसाउँदै हिडिन् सुमना, बैठक बहिष्कार

सोमबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्नका लागि सुमनाले समय माग गरेकी थिइन्। तर, सभामुख देवराज घिमिरेले समय नदिएपछि उनी रिसाउँदै सदनबाट बाहिरिएकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मिडियाकर्मीले सूर्य थापालाई ‘तपाईं हनुमान हो?’ भनेर सोधेपछि…

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले आइतबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र सांसदहरूबीचको प्रश्नोत्तर सकेर बाहिरिने क्रममा संसद रिपोर्टिङमा गएका पत्रकारहरूले ओलीलाई ‘तपाईं हिटलर हो?’ भन्दै प्रश्न सोधेको प्रति आपत्ति जनाएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विष्णु पौडेल डिस्चार्ज हुँदै, मेयरसँग भेटघाट बन्द

कीर्तिपर अस्पतालले आईसीयूमा दुई दिनदेखि उपचाररत उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्था सामान्य हुँदै गएको जानकारी गराएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

खेद प्रस्ताव पारित गरेपछि ज्ञानेन्द्रको आक्रोश- वृद्धाश्रमलाई के बालआश्रम भन्नु?

आइतबार राष्ट्रिय सभा बैठकले प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर शाही उर्फ ज्ञानेन्द्र शाहीले राष्ट्रिय सभाप्रति गरेको टिप्प्णीप्रति आपत्ति जनाउदै खेद प्रस्ताव पारित गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेशसभामा बैठकलाई सम्बोधन गर्दै

बिहान साढे ११ बजे बस्ने प्रदेशसभाको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। बैठकलाई प्रधानमन्त्रीले विशेष सम्बोधन गर्ने कार्यसूची प्रकाशन गरिएको छ। तर, ११ः४५ बजेसम्म सभा सुरु भएको छैन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नागरिकता विधेयकमा ‘राउटे समुदाय’लाई समेट्नुपर्छ– सांसद रानामगर

नेपालको संविधानले प्रत्याभूत गरेको नागरिकता प्राप्त गर्ने मौलिक हक सुनिश्चित भएपनि विभिन्न कानुनी र प्रक्रियागत जटिलताका कारण अझै धेरै नेपाली नागरिकताविहीन रहनुपरेको उल्लेख गर्दै रानामगरले आमासँग मात्र रहेका १६ लाख ८८ हजार ८ सय ८६  बालबालिकाहरू प्रस्तावित विधेयकबाट लाभान्वित हुने भन्दै सरकार र गृहमन्त्रीलाई धन्यवाद व्यक्त गरिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पूर्वराष्ट्रपति भण्डारी बैंकक जाँदै

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज थाइल्याण्डको राजधानी बैंकक जाँदैछिन्। उनी बिहान ११ बजे नेपाल वायुसेवाको उडानमा त्यता जान लागेकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ। बैठक दिउँसो १ बजे संसद भवनमा बस्न लागेको हो।  बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषद्को छैटौं वार्षिक प्रतिवेदन (आ.व. २०७९–८०) र सातौं वार्षिक प्रतिवेदन (आ.व. २०८०–८१) पेश गर्नेछन्। ओलीले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको राष्ट्रिय सभामा उत्पत्ति भएको भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पार्टी छोड्नेहरू ‘घर न घाट’को भए, सुटुक्क भेट्ने कुरा भएको छः माधव नेपाल

‘संसदको नियमित अधिवेशनमा कानूनमा सुधार गर्नुछ भने त्यसको प्रक्रियाबाट जानुपर्नेमा संसद नै छलेर संसदको बैठक अधिवेशन बोलाउनुपर्ने बेलामा त्यसलाई छलेर जसरी अध्यादेश ल्याउने काम भएको छ। यसका पछाडि राम्रो नियत देखिदैन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रभु साहले अपमान गरेपछि ओलीले भने- के म मेनपावरको मान्छे हुँ?

‘उहाँका प्रश्नहरू, उहाँका मनमा रहेका विरोध, घृणा, आक्रोश र अपमानजनक रहेका छन्। संसद जस्तो गरिमामय ठाउँमा यस्तो भाषा किन? ‘युवा विदेश पठाएर’ जस्ता भाषा के म मेनपावर कम्पनीको मान्छे हो? तपाईंले भनेको ७० लाख म सरकारमा आइसकेपछि ८ महिनाबाट सुरु भएको हो? उहाँको प्रश्नमा उत्तर दिनुपर्ने केही छैन। प्रश्नमा उत्तर बोकेर आउनु भएको छ। यहाँलाई धन्यवाद छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं