नयाँ वर्षमा पनि रोकिएन शिक्षक आन्दोलन, काठमाडौंको सवारी अस्तव्यस्त
शिक्षक आन्दोलनका कारण सोमबार(आज)पनि काठमाडौंको सवारी आवगमन अस्तव्यस्त भएको छ । सरकारले विगतमा भएको सम्झौता कार्यान्वयन नगरेको भन्दै देशभरका शिक्षक काठमाडौंमा आन्दोलित भएका हुन्। शिक्षक आन्दोलनका कारण काठमाडौंको भद्रकाली, बबरमहल, थापाथली, त्रिपुरेश्वर, नयाँबानेश्वर, तीनकुने, कोटेश्वरलगायत ठाउँमा सवारी आवगमन अस्तव्यस्त भएको हो। आन्दोलनका कारण माइतीघरदेखि बानेश्वसम्म सवारी सञ्चालन हुन सकेका छैनन् भने अन्य स्थानमा लामो जाम लागेको छ। जसकारण गन्तव्यमा हिँडेका यात्रुले हैरानी व्यहोर्नु परेको छ। मुख्य सडकमा सवारी आवगमन अवरुद्ध भएपछि नदी करिडोरमा चाप बढेको छ।
बिएल संवाददाता - काठमाडौं