मन्त्रीहरूलाई देउवाको निर्देशन- सरकारमा समस्या भए पार्टी बैठकमा राख्नुस्
शनिबार सिंहदरबारमा बसेको शीर्ष नेताहरूको बैठकमा देउवाले काम गर्न केही समस्या भए पार्टीकै बैठकमा राख्न र बाहिर सबै एक ढिक्का हुन निर्देशन दिएका हुन्। बैठकपछि कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले भने, ‘परराष्ट्रमन्त्री स्वास्थ्य उपचारका लागि देश बाहिर रहेकाले उहाँ बाहेक हाम्रा सबै मन्त्रीहरू बैठकमा सहभागी हुनुहुन्थ्यो। सभापतिले उहाँहरूलाई केही समस्या भए यही भित्र कुरा राख्नुस्, बाहिर पनि एक भएर प्रस्तुत हुनुपर्छ भन्ने कुरा राख्नुभयो। सरकारबारे पदाधिकारीहरूले पनि कुनै असन्तुष्टि राख्नुभएको छैन।’
बिएल संवाददाता - काठमाडौं