
पूर्वराजाको स्वागतमा अध्यक्ष लिङदेन सहभागी हुनुहुन्छः ज्ञानेन्द्र शाही
उनको स्वागतमा राजावादी दल र समूहहरूले प्रदर्शन गर्दैछन्। राजावादी समर्थकहरूले पूर्वराजालाई स्वागत गर्न सिनामंगलस्थित विमानस्थलको मुख्य गेटमा जाने त्यहाँबाट उनलाई लिएर र्यालीसहित निर्मल निवास पुग्ने तयारी गरेका छन्। यसैबीच पूर्वराजाको स्वागतका लागि भव्य तयारी गरिरहेको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन स्वयं भने उनको स्वागतमा नजाने समाचारहरू आए। लिङ्देनले पूर्वराजाको स्वागतको जिम्मा प्रमुख सचेतक ज्ञानेन्द्र शाही र प्रवक्ता मोहन श्रेष्ठलाई दिएको समाचारमा बताइएको थियो। मुलधारका मानिएका मिडियाहरूमै आएका समाचारहरू धेरैले पत्याए पनि। तर, वास्तविकता त्यस्तो नरहेको राप्रपा प्रमुख सचेतक शाहीले बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत लिङ्देन पूर्वराजाको स्वागतमा एयरपोर्ट जाने जानकारी गराएका छन्।

बिएल संवाददाता - काठमाडौं