
‘लोकप्रियता’ देखाउने प्रचण्डको ‘मर्निङ वाक’
दाहाल स्वयं पनि बेला बेला भाषण क्रममा अहिलेको सरकारको साख गिरेको बताउँछन्। पछिल्लो समय माओबादीले दाहालको उपस्थितिमा आयोजना हुने जनसभाहरूमा सर्वसाधारणको भीड बढ्ने गरेको कारण पनि दाहाल निकै उत्साहित छन्। ‘मर्निङ वाक डिप्लोम्यासी’ त्यही लोकप्रियतालाई सडकमा देखाउने एउटा अवसर भएको बताइन्छ। विगतमा दाहाल भीडमा जान नसक्ने अवस्थामा रहेको भन्दै उनको सुरक्षामा ठूलो फौज रहने गरेको चर्चा हुन्थ्यो। अहिले सुरक्षाकर्मीलाई सानो संख्यामा सादा पोशाकमा राखेर दाहाल मर्निङ वाकमा निस्कने गरेका छन्।

बिएल संवाददाता - विराटनगर