जब सभामुखले सांसद ज्ञानेन्द्रबहादुरलाई ‘ज्ञानबहादुर’ भनिदिए…
शून्य समयको अन्तिममा सांसद कार्कीको पालो आएपछि सभामुख घिमिरेले ‘अब माननीय ज्ञानबहादुर कार्की’ भनेका थिए। तत्काल गल्ती सच्याउँदै उनले ज्ञानेन्द्रबहादुर कार्की भनिसकेका थिए। त्यसपछि बोल्ने पालो पाएका सांसद कार्कीले सभामुखलाई ध्यान दिएर मात्रै नाम उच्चारण गर्न सुझाव दिएका थिए।
बिएल संवाददाता - काठमाडौं