पाकिस्तानले ‘जवाफी कारबाही’ थालेपछि भारतीय सेना ‘हाइ अलर्ट’मा
भारतले पाकिस्तानमा गरेको सैन्य कारबाही ‘अपरेसन सिन्धूर’को प्रतिक्रियामा पाकिस्तानले जवाफी कारबाही थालेको छ। जम्मू-कश्मीरको सीमा रेखा नजिकको गाउँमा पाकिस्तानी सेनाले गरेको बमबारीमा १५ जना मारिएका र ५० बढी घाइते भएका पाकिस्तानी मिडियाले जनाएका छन्। पाकिस्तानले जवाफी कारबाही थालेसँगै भारतले वायु, समुद्र र स्थलमा हाई अलर्टको रणनीति अपनाएको छ। भारतीय समाचार एजेन्सी पीटीआईले जनाए अनुसार सीमा रेखा नजिकैको अग्रिम गाउँलाई निशाना बनाएर पाकिस्तानी सेनाले गरेको गोलीबारी तथा बमबारीमा चार बच्चा र एक सैनिकसहित १३ जनाको मृत्यु भएको छ।
बिएल संवाददाता - काठमाडौं