
गाह्रो भयो भनेर छाड्ने होइन, कांग्रेसलाई एक्लै बहुमत ल्याउने पार्टी बनाउनुपर्छः देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस एक्लैले बहुमत ल्याउन सक्ने पार्टी बन्नुपर्ने बताएका छन्। सोमबार ललितपुरमा आयोजित नेपाली कांग्रेस र संघीयता कार्यान्वयनबारे अन्तर्क्रिया कार्यक्रममा उनले वर्तमान संविधान अनुसार कुनै पार्टीले पनि बहुमत ल्याउन नसकेको अवस्थामा नेपाली कांग्रेसलाई बहुमतको पार्टी बनाउन सबै लागि पर्नुपर्ने बताए। उनले भने, ‘अहिलेको संविधान अनुसार कुनै पार्टीले पनि बहुमत ल्याउन सकेको छैन्। त्यसकारण कुनै पार्टीसँग मिलेर जानुपर्छ। बाध्यता र अवस्था पनि त्यस्तै छ। गाह्रो छ भनेर काम गर्न छोड्ने भन्ने हुँदैन। हामी सबै मिलेर पार्टी कै बहुमत ल्याउने काममा लाग्नुपर्छ। हाम्रो पार्टीलाई जनताको साथ पनि। त्यसकारण पनि बहुमत ल्याउने तर्फ लाग्नुपर्छ।’

बिएल संवाददाता - काठमाडौं