
समाजवादी मोर्चाको निष्कर्ष- सरकारको स्वेच्छाचारिताले देश संकटमा पर्ने भयो
शनिबार समाजवादी मोर्चा नेपालले पत्रकार सम्मेलन गर्दै भ्रष्टाचार, कमिशन र कालोबजारीले अर्थतन्त्र सङ्कटग्रस्त रहेको भन्दै नेपाली जनताको जनजीविका कहाली लाग्दो अवस्थामा रहेको दाबी गरेको छ। मोर्चाले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको विकाशमा देखिएको ठहराव र राज्यसत्ताको बागडोर सम्हालेकाहरूको अलोकतान्त्रिक रबैया र गतिविधीका कारण नेपाली जनताका अधिकारहरू एकपछि अर्को कुण्ठित हुँदै गइरहेका छन्। राज्य संचालकको स्वेच्छाचारिताका कारण देशले अप्ठ्यारो र सङ्कटपूर्ण अवस्थाको सामना गरिरहेको छ। भ्रष्टाचार, कमिशन र कालोबजारीले अर्थतन्त्र सङ्कटग्रस्त छ। नेपाली जनताको जनजीविका कहाली लाग्दो अवस्थामा छ।’

बिएल संवाददाता - काठमाडौं