
स्रोतको प्रयोग गर्दा न्यायोचित वितरणमा ध्यान दिनुपर्छ: उर्जामन्त्री खड्का
प्रथम राष्ट्रिय पानी सम्मेलनमा बोल्दै उनले सिँचाई, खानेपानी, उर्जा र जलश्रोतलाई राम्रो ढंगले अध्ययन गरी कार्यान्वयन गर्नमा मन्त्रालय पछाडि परेको गुनासो छलफलमा आएको बताए। उनले भने, ‘हाम्रो छिटो छरितो काम गर्न नीति ऐन कानुन चाहियो, त्यसैले हामीले जलश्रोतसम्बन्धी ऐन चाँडै पास हुने कुरा गर्यौं। सिँचाई होस्, खानेपानी होस्, उर्जा होस् या जलश्रोत, राम्रो ढंगले अध्ययन गरेर कार्यान्वयन गर्नुपर्छ। हामी कार्यान्वयनमा पछाडि छौं भन्ने सबैको कुरा आएको छ। हामीले ध्यान दिनुपर्ने विषय कार्यान्वयनको तहलाई छिटो छरितो समयअनुकुल छिटो छरितो गर्ने कुरामा दुई मत छैन। मलाई कुनै उत्पादन र श्रोतको प्रयोग हुँदै गर्दा न्यायोचित वितरण भएको छ कि छैन ध्यान दिने र न्यायोचित वितरण गर्ने काम मन्त्रालयको हो।’

बिएल संवाददाता - काठमाडौं