‘गृहमन्त्रीको राजीनामा’मा रास्वपाको अडान यथावत, सदनको अवरोध जारी राख्ने
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को सचिवालय बैठकले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविन आयोग बनाउनुपर्ने र छानविनका लागि सहजीकरणका लागि गृहमन्त्रीले राजीनामा दिनुपर्ने विषयमा अडान कायम राख्ने निर्णय गरेको छ। बिहीबार पार्टी कार्यालयमा बसेको बैठकले गृहमन्त्रीले राजीनामा दिनुपर्ने विषयमा अडान र संसदमा यस विषयमा भइरहेको प्रतिरोध कायम राख्ने निर्णय गरेको हो।
बिएल संवाददाता - काठमाडौं