
पूर्वराजालाई प्रचण्डको सुझाव- राजनीति गर्न खोजेको भए पार्टी खोलेर आउनु
जनताको उदारतालाई कमजोरी सम्झेर पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीति गर्न खोजेको भए पाटी खोलेर चुनाव लडन आए हुने उनको तर्क छ। नेकपा माओवादी केन्द्रले सुरु गरेको जनतासँग माओवादी, तराई मधेस जागरण अभियान अन्तर्गत रौतहटमा आइपुगेका अध्यक्ष प्रचण्डले पाटी खोल्न र चुनाव लडने अधिकार संविधानले दिएकोले चुनाव जितेर आउन सकिने बताए। यद्यपि जबरर्जस्ती गर्न खोजियो भने जनतालाइ सैह्य नहुने उनले धारण राखे। यसअघि पनि ज्ञानेन्द्रले मुर्खता गरेको उल्लेख गर्दै उनले अब फेरि अर्को मुर्खता गरेर गल्ती नगर्न उनले चेतावनी दिए।

बिएल संवाददाता - रौतहट