बुधबार, १५ अक्टोबर २०२५

‘राजावादी’को आन्दोलनबारे रणनीति बनाउँदै काँग्रेस

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सरकारमा नेपाली काँग्रेस अहिले मुख्य साझेदार हो। नेकपा एमालेले समेत राजावादीहरूका विरुद्ध चरणवद्ध आन्दोलनहरू घोषणा गरिसकेका छ। यसअघि नेकपा एमालेकै पहलमा ‘गणतन्त्रवादी राजनीतिक दलको संयुक्त आन्दोलन’ घोषणा गर्न नेपाली काँग्रेसले मानेको थिएन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जनताले ‘प्रचण्ड नै चाहिन्छ’ भन्न थालिसके, ०८४ मा कांग्रेस-एमालेको दिन सकिन्छः प्रचण्ड

उनले आफूप्रति जनताको सद्भाव बढेको दाबी गर्दै जनताले प्रचण्ड नै चाहिन्छ भन्न थालेको दाबीसमेत गरे। उनले भने, ‘प्रचण्डप्रति जनताको जुन स्तरको आशा, भरोषा देखेँ, त्यो साँच्चै नै असाधारण छ। जनताले २०६४ को भन्दा उचाइको महसुस गरेर प्रचण्ड नै चाहिन्छ भन्न थालेका छन्। तपाईंहरुले सुन्नुभएकै होला। त्यसले पार्टी र मप्रति ठूलो जिम्मेवारी र प्रेरणा बनेको छ।’ उनले भर्खरै सम्पन्न स्ववियु निर्वाचनमा कांग्रेस र एमालेनिकट सङ्गठनहरूलाई समेत आफ्ना विद्यार्थी संगठनले सखाप पारेको दाबी गरे। उनले कांग्रेस र एमाले अहिले भ्रष्टाचारीको संरक्षणमा केन्द्रीत रहेको दाबी पनि गरे।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

कम्युनिष्ट पार्टीमा दलाल पुँजीपति बाहेक कोही छैनन्ः झलनाथ

उनले नेपालको शासन सत्तामा दलाल पुँजीपति वर्गका दलालीहरू मात्र रहेको बताए। उनले भने, ‘हाम्रो देशमा जुन प्रकारको शासन सत्ता छ, नाम कम्युनिष्ट पार्टी समेत राखिएको छ। तर कम्युनिष्ट पार्टीका नाम राखेपनि तिनीहरू वास्तवमा दलाल पुँजीपति वर्गभित्र दलाली गर्ने बाहेक अरु कोही पनि छैनन्। यही कमिसनको भोकले नेताहरू एकपछि अर्को विक्री भइरहेको, कमिशनखोरहरूले उनीहरूलाई खरिद गरिरहेका छन्। जसका कारण देशमा विकृती र विसंगती बढ्दै गएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पूर्वराजा गोरखामा, राजावादीहरू नारायणहिटीमा

र्‍यालीका क्रममा राजावादीहरूले ‘नारायणहिही खाली गर’,‘हाम्रो राजा हाम्रो शान’, ‘राजसंस्था जिन्दावाद’, ‘राजा आउ देश बचाउ’ जस्ता नाराहरू पनि लगाएका थिए। र्‍याली अघि बढ्ने क्रममा प्रहरीले पटक-पटक अवरोध गरेको थियो। यसअघि फागुन २५ गते पोखराबाट पूर्वराजा शाह फर्किँदा काठमाडौंमा भव्य स्वागत गरिएको थियो। सोही दिनबाट हौसिएका राजवादीहरूले राजतन्त्र फर्काउने आन्दोलन गर्दै आइरहेका छन्। तर शनिबार काठमाडौंमा प्रदर्शन भइरहँदा पूर्वराजा भने गोरखा भ्रमणमा छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘राजतन्त्र भूत हो, भूत भ्रम मात्रै हो’- बाबुराम

जनकपुर पुगेका भट्टराईले भूतको भ्रम बोकेर हिँड्नेहरू निराशा र काल्पनिक सपनामा बाँचने दाबी गर्दै उनीहरूको वास्तविक संसारसँग सम्बन्ध नभएको टिप्पणी गरे। उनले भने, ‘हामी पछाडि फर्किने कुरा हुँदैन। मधेशजस्तो क्षेत्र, जहाँ विभिन्न समुदायहरू वर्षौंदेखि उत्पीडनमा परेका थिए, अब जागिसकेका छन्, र तिनलाई छलकपट गर्न अब कठिन छ। लोकतन्त्रलाई सुरक्षित गर्न सबै एकजुट हुन आवश्यक छ। राजतन्त्र भूत हो- भूत भ्रम हो। यस्तो भ्रम बोकेर हिँड्नेहरू निराशा र काल्पनिक सपनामा बाँच्छन्, जसको वास्तविक संसारसँग न सम्बन्ध छ, न सम्भावना।’

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुरधाम

ह्विल चेयरमा बिदा गरेको ‘राजसंस्था’ रथ चडेर फर्किने आशमा छः विश्वप्रकाश शर्मा

‘हामीले, हाम्रा अपाङ्गता भएका साथीहरूको अगुवाइमा दरबारमार्गको सडकमा ह्वील चेयरमा बसेर बिदा गरेको राजतन्त्र रथ चढेर फिर्ता हुने आशमा छ, अब त्यो सम्भव छैन भन्ने सन्देश दिनुहोला,’ शर्माले भने। उनले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा गणतन्त्र पक्षधर विद्यार्थी संगठनले प्राप्त गरेको मतले पनि गणतन्त्र पक्षधरताको अवस्था देखाएको बताए। महामन्त्री शर्माले कांग्रेसको महाधिवेशन विधानले निदृष्ट गरे अनुसार नै हुने भन्दै त्यसमा कुनै शंका नगर्न आग्रह गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गोरखा पुगेर ज्ञानेन्द्रले भने- कोही पनि डराउनु पर्दैन

गोरखनाथ मन्दिरमा करिब दुई घण्टा पुजापाठ गरेर फर्किएका राजालाई समर्थकले भव्य स्वागत गर्दै नारावाजी गरेका थिए। यसैक्रममा ज्ञानेन्द्रले एभिन्युज टेलिभिजनसँग छोटो कुराकानी गर्दै ‘कोही पनि केही गर्नलाई डराउनु नपर्ने’ भन्दै देशको शान्तिको कामना गरेका छन्। उनले भनेका छन्, ‘अहिले देशमा शान्ति चाहिएको छ, कसैले  कसैको पनि कुभोलो नचिताओस्,भलो चिताओस्, केही खराब नचिताओस् भन्ने मेरो कामना  छ। कोही पनि केही गर्नलाई पनि डराउनु पर्दैन, देशको शान्ति कायमै होस्, देशमा विकास होस् र सबैलाई सुख र समृद्धि होस्।’

बिएल संवाददाता

बिएल संवाददाता - गोरखा

रेशम भन्छन्- जनताले सीके राउत र मजस्तो उदारवादी नेता खोजेका छन्

उनले सुँगुरको मासु खानको लागि खस, आर्य र थारुको वर्गीय विभाजन हुनु नहुने साथै देशको संविधानले अधिकार प्राप्तीका लागि पनि खस, आर्य र थारुको अधिकार फरक-फरक हुन नहुने बताए। उनले चुनावमा जिते-नजिते पनि आफ्नो प्रतिवद्धता थारु समुदायसँग रहेको बताए। उनले भने, ‘म चुनावमा जितौंला, नजितौंला तर मेरो प्रतिवद्धता थारु समुदायसँग छ। यात्रामा साथी गुमाउन चाहँदैनौं। यात्रामा हातेमालो गर्न चाहन्छौं। मान्छेले धेरै कुरा गर्छन्। सुँगुरको मासु खानको लागि खस, आर्य र थारुको वर्गीय विभाजन हुनु हुँदैन। संविधानमा प्रत्येकको अधिकार प्राप्तीका लागि पनि खस, आर्य र थारुको अधिकार फरक फरक हुनुहुँदैन।’

बिएल संवाददाता

बिएल संवाददाता - घोक्सिला

नेपालमा संघीयता- शक्तिको बाँडफाँट भयो, विकेन्द्रीकरण भएन

संघीयता सबलीकरणमा प्रदेश तथा स्थानीय तहका सवालहरूमा छलफल कार्यक्रममा उनले शक्तिको बाँडफाँड भएपनि शक्तिको विकेन्द्रीकरण नभएको कुरालाई ध्यान दिनुपर्ने बताएकी हुन्। उनले भनिन्, ‘शक्तिको बाँडफाँड भयो तर शक्तिको विकेन्द्रीकरण भएन भन्ने कुरालाई एकदमै ध्यान दिनुपर्छ। तीनै तहका सरकारले कसरी अन्तर्निहीत भएर काम गर्न सक्छौं, संघीयताको प्रशासकीयलाई कसरी व्यवस्थापन गर्न सक्छौं, प्रहरीलाई कसरी व्यवस्थापन गर्न सक्छौं? भन्ने कुराहरूलाई छलफलमा ल्याएर हामीले बनाउने नीतिमा समावेश हुनुपर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संघीयताको विकल्प होइन अझै बलियो बनाउनुपर्छ: सभामुख

सभामुख देवराज घिमिरेले संघीयताको विकल्प खोज्नुभन्दा यसलाई सबलीकरण गरेर अगाडि बढ्नुपर्ने बताएका छन्। शनिबार काठमाडौंमा आयोजित सङ्घीयता सबलीकरणमा प्रदेश तथा स्थानीय तहका सवालहरूमा छलफल कार्यक्रममा उनले संघीयता बलियो बनाउन अन्तर प्रदेश परिषद्, अन्तर सरकारी वित्त परिषद् र राष्ट्रिय समन्वय परिषद् जस्ता फोरमहरुलाई क्रियाशील बनाउनुपर्ने भन्दै अबको कार्यहरु संघीयतामा केन्द्रीत भएर अगाडि बढाउनुपर्ने बताए ।  उनले भने, ‘योजना तर्जुमा र बजेट वितरण संघमा सीमित रहनु संघीयताको मर्म अनुसार होइन । संघीयता बलियो बनाउन अन्तर प्रदेश परिषद्, अन्तर सरकारी वित्त परिषद् र राष्ट्रिय समन्वय परिषद् जस्ता फोरमहरुलाई क्रियाशील बनाउन जरुरी छ । संघीयताको विकल्प खोज्नुको सट्टा यसको सबलीकरण र संघीयतामा केन्द्रीत हुनुपर्छ भन्ने कुरामा दुढताका साथ यो छलफल पछाडि लाग्नुपर्छ ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्रीको हप्ता दिन: समृद्धिका दर्जन भाषण, काम शून्य

सारांशमा, प्रधानमन्त्री ओलीको पछिल्लो हप्ता निश्चित रूपले असल गतिविधिहरूको चाँदीपत्र हो, तर त्यसको भित्री तात्त्विकता शून्य छ। महत्त्वपूर्ण योजनाहरूका बारेमा उनलाई आवश्यक नेतृत्व लिने गरेपनि परिणाम सन्तोषजनक देखिएको छैन्। उनको प्राथमिकता भनेको देशको वास्तविक हित होइन, केवल आफूलाई सबैभन्दा माथि देखाउने र कसमसाउने नै रहेको बुझ्न सकिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पानीबिनाको जीवन एकछिन पनि कल्पना गर्न सकिन्नः उर्जामन्त्री खड्का

‘प्रथम राष्ट्रिय पानी सम्मेलन’मा बोल्दै मन्त्री खड्काले पानीको सही सदुपयोग र सही उपयोग गर्नसके दैनिक जिवनमा मात्र नभइ मुलुकको आर्थिक समृद्धिमा समेत टेवा पुग्ने बताए। उनले भने, ‘पानीबिना जिवन एकछिन कल्पना गर्न पनि हामीलाई गाह्रो छ। सबैभन्दा बढी पानी अर्थात जलस्रोत भएको मुलुक मध्येको एक नेपाल पनि हो भनेर यसको उपयोग गर्दैगर्दा हामी महशुस गर्न सक्छौं। यसरी तुलनात्मक ढंगले यसलाई हेरेर यसको संरक्षणमा लाग्नु आजको आवश्यकता हो। दैनिक जिवनमा मात्रै होइन मुलुकको आर्थिक समृद्धिका लागि पनि जलस्रोत अत्यन्तै उपयोगी छ। खासगरी नेपालका लागि क्रान्तिकारी आर्थिक समृद्धिको लागि पानीको उपयोग गरेर समृद्ध बनाउने, रोजगारी सिर्जना गर्ने, लक्ष्य लिएर मुलुक अगाडि बढिरहेको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘गोरखनाथ’सँग ‘राजा’ को साइनो

गोरखनाथलाई शाहवंश अझ खासगरी राजपरिवारले आफ्नो ‘इष्ट देवता’का रुपमा मान्दै आएको छ। पौराणिक किंवदन्तीहरूमा गोरखनाथकै आशीर्वादले शाहवंशले देशको राजकाज सम्हाल्ने मौका पाएको भन्ने छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

थप पाँच लाख आप्रवासीलाई अमेरिका छोड्न निर्देशन

सन् २०२२ मा सुरु भएको यो कार्यक्रममा सुरुमा भेनेएजुला थियो। पछि अरु पनि देशहरू जोडिएका थिए। यसअघि नै कार्यकाल सम्हालेसँगै ट्रम्पले लाखौं आप्रवासीहरूको सूची सार्वजनिक गरेर उनीहरूलाई डिपोर्ट गर्न आदेश दिइसकेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अहिलेकाे सरकार भष्टाचारीलाई जोगाउन बनेकाे प्रचण्डकाे आरोप

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकार भष्टाचारीहरूलाई जोगाउनका लागि बनेको बताएका छन्। शुक्रबार वीरगन्जमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले भ्रष्टाचारीहरूलाई जोगाउने र नराम्रो गर्नेलाई पुरस्कृत गर्ने काम गरिरहेको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नेपालमा ‘सेक्स टुरिज्म’, बहसमै बन्देज (भिडिओसहित)

नेपालमा पनि यौन पर्यटनको सुरुवात गर्ने वा ‘रेड लाइट एरिया’बारे कुरा उठाउने उनी पहिलो नेता वा सांसद भने होइनन्। यसअघि पनि यसबारे पटक पटक बहस हुँदै आएको छ।  अहिलेका सञ्‍चार तथा सूचना प्रविधि मन्त्री एंव सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले पनि यसअघि ‘रेड लाइट एरिया’बारे बहस सुरु गरौं भनेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मुख्यमन्त्री सिंह र योगी आदित्यनाथबीच भेट

भेट अनौपचारिक भएता पनि मुख्यमन्त्री सिंहले जनकपुरधामसँगै मधेश प्रदेशको धार्मिक, साँस्कृतिक र पर्यटकीय विकासको बृहत्त सम्भावनाका विषयमा कुराकानी भएको जनाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं