यू-१९ विश्वकप एसिया छनोटमा नेपालको लगातार दोस्रो जित
आईसीसी यू-१९ विश्वकप एसिया छनोटमा नेपालले ओमानलाई पराजित गरेको छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालले ओमानलाई ८ विकेटले पराजित गरेको हो। नेपालको यो लगातार दोस्रो जित हो। यसअघि पहिलो खेलमा नेपालले यूएईलाई ५ रनले हराएको थियो। ओमानले दिएको ११८ रनको लक्ष्य नेपालले १४.३ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो। नेपालका लागि शाहिल पटेलले ४४ र निरजकुमार यादवले ४६ रन बनाए । नरेन भट्ट १२ र सन्तोष यादव १० रनमा अविजित रहे । ओमानका लागि सौम्या भाविन सम्पतले २ विकेट लिए। यसअघि पहिले ब्याटिङ गरेको ओमान ३८ ओभरमा ११७ रन बनाएर अलआउट भएको थियो। अर्को खेलमा नेपालले बुधबार हङकङसँग प्रतिस्पर्धा गर्नेछ।
बिएल संवाददाता - काठमाडौं