‘टीयू क्रिकेट मैदान’ निर्माणः पूरा भएन प्रधानमन्त्रीको बाचा
प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानको काम ३०० दिनमा सकिने दाबी गरेका थिए। तर तीनसय २९ दिन नाघ्दासम्म निर्माणको काम जारी छ। प्रधानमन्त्री ओलीले गत असार १ गते प्रधानमन्त्रीको पदभार गरेपछि टीयू मैदान तीनसय दिनमा निर्माण सक्ने निर्णय नै गरेका थिए। त्यस्तै सहरी विकास मन्त्रालयले वैशाख २४ गतेभित्रै निर्माण कार्य सकिने दाबी गरेको थियो। उपप्रधान एंव सहरी विकासमन्त्री प्रकाशमान सिंहले केही महिना अघि क्रिकेट मैदानको अवलोकन गर्दै तोकिएको मितिभित्र पूरा हुनेगरी काम अगाडि बढिरहेको बताएका थिए। मैदानमा अन्तर्राष्ट्रिय मापदण्डअनुरूप प्याराफिट निर्माण र फ्लडलाइट जडानको काम ०८१ फागुनमा सम्झौता भइ २०८२ वैशाख २४ गतेभित्र सम्पन्न गर्ने गरी निर्माण कार्य अघि बढाइएको थियो। तर मैदानको अवलोकनका आइतबार कीर्तिपुर पुग्दा निर्माण कार्य धमाधम भइरहेको थियो।
बिएल संवाददाता - काठमाडौं