नेपाल भित्रियाे यस वर्षको मनसुन
सरदर मितिभन्दा ३ दिन छिटो गरी यस वर्षको मनसुन नेपालमा प्रवेश गरेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
बिएल संवाददाता - काठमाडौं
सरदर मितिभन्दा ३ दिन छिटो गरी यस वर्षको मनसुन नेपालमा प्रवेश गरेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
बिएल संवाददाता - काठमाडौं
सुदूरपश्चिममा अहिले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ७ वटा मन्त्रालय रहेकोमा अब भागबण्डा मिलाउन मन्त्रालय फुटाएर १० पुर्याउन लागिएको छ। संविधानमा रहेको प्रदेशसभा सदस्य संख्याको २० प्रतिशतसम्म मन्त्रालय बनाउन पाउने प्रावधानलाई आधार बनाएर १० मन्त्रालय बनाउन लागिएको स्रोतले बताएको छ। सुदूरपश्चिम प्रदेशसभामा ५३ सांसद रहेका छन्।
बिएल संवाददाता - धनगढी
गृहमन्त्री लामिछानेविरुद्धको रिट सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासमा पेशी तोकिएको हो। अधिवक्ता अनुपम भट्टराईले गृहमन्त्री लामिछाने पदमा रहेर सहकारी ठगीको छानबिन निष्पक्ष नहुने भनी निलम्बनको माग गर्दै जेठ १४ गते सर्वोच्चमा रिट दायर गरेका थिए।
बिएल संवाददाता - काठमाडौं
भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका समकक्षी नरेन्द्र मोदीबिच भेटवार्ता भएको छ। आइतबार बेलुका भएको भेटमा प्रधानमन्त्री प्रचण्डले लगातार तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्रीको पदभार ग्रहण गरेकोमा समकक्षी मोदीलाई बधाई दिएका थिए। साथै उनको तेस्रो कार्यकालमा नेपाल र भारतबिचको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास पनि व्यक्त गरेका थिए।
बिएल संवाददाता - काठमाडाैँ
क्रिकेटर सन्दीप लामिछाने टी-२० विश्वकप खेल्ने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान)ले एक विज्ञप्ति जारी गर्दै वेस्ट इन्डिजमा हुने खेलहरूमा सन्दीप समावेश हुने जानकारी गराएको छ।
बिएल संवाददाता - काठमाडाैं
न्युयाेर्कमा भारतले पाकिस्तानलाई ६ रनले पराजित गरेकाे हाे। भारतले दिएकाे १२० रनकाे लक्ष्य पछ्याएकाे पाकिस्तानले निर्धारित २० ओभमा ७ विकेट गुमाएरमात्रै ११३ रन बनाउन सक्याे।
बिएल संवाददाता - काठमाडाैं
आइसिसी टी-२० विश्वकपमा भारतले पाकिस्तानलाई १२० रनकाे लक्ष्य दिएकाे छ। अमेरिकास्थित न्युयाेर्कमा टस हारेर पहिले ब्याटिङ गरेकाे भारत १९ ओभरमा ११९ रन बनाएर अलआउट भयाे।
बिएल संवाददाता - काठमाडाैं
नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित विशेष कार्यक्रममा मोदीले तेस्रोपटक प्रधानमन्त्रीको शपथ लिएका हुन्। मोदीलाई राष्ट्रपति द्रौपदी मुर्मुले पद तथा गोपनियताको शपथ गराएकी हुन्।
बिएल संवाददाता - काठमाडाैं
मुख्यमन्त्रीका नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। तर अहिलेको प्रदेशसभाको अङ्कगणित हेर्दा मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत पाउन सहज भने छैन। साठी सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका २७, एमालेका २२, नेपाल कम्युनिष्ट पार्टी (माआवादी केन्द्र)का सात (सभामुखबाहेक), राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र एक स्वतन्त्र सदस्य छन्।
बिएल संवाददाता - कास्की
यादवले पार्टी फुटाएको विषयमा अशोक राई पक्षको कदम र निर्वाचन आयोगले दिएको मान्यताविरुद्ध अदालतमा दायर गरेको रिटमा आज न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले पूर्ण इजलासमा पठाउने आदेश दिएको हो।
बिएल संवाददाता - काठमाडौं
उनले भने, 'एकजना कम्युनिस्ट पार्टीका नेताले हिजो मात्रै संसद विघटन गरेर एमाले जोगाएँ भनेका छन्। यो सामान्य कुरा होइन। कम्युनिस्ट पार्टी जोगाउन जनताको अधिकार र संविधान नै मिचेर बहुमत रहेको संसद विघटन गर्ने कुरा सामान्य होइन। उहाँले पार्टी जोगाउन संसद, प्रधानमन्त्री जोगाउन पार्टी र गुट जोगाउन विधि पद्धति सिध्याउनुभयो र त्यसमा गर्व गर्दै हुनुहुन्छ।’
बिएल संवाददाता - काठमाडौं
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड आइतबार दिउँसाे नयाँदिल्ली गएका हुन्। उनलाई नयाँदिल्ली विमानस्थलमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले स्वागत गरेका छन्।
बिएल संवाददाता - काठमाडौं
आइतबार बिहान अछामको पञ्चदेवल बिनायक नगरपालिका–९ कालेकाडा र दैलेखको आठबिस नगरपालिका–६ खिड्किजिउला जोडने पुलको लट्ठा चुँडिएर १३ वटा खच्चडकाे बीच भागमै अड्किएका थियाे। खुट्टा पुरै पुलको जालीभित्र पसेपछि १३ खच्चड त्यहाँबाट निस्किन सकेका थिएनन्। ती खच्चडकाे पाँच घन्टापछि इलाका प्रहरी कालेकाडाले उद्धार गरेकाे हाे।
बिएल संवाददाता - काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका नवनियुक्त प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन आज भारत प्रस्थान गरेपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएकाे हाे।
बिएल संवाददाता - काठमाडौं
प्रधानमन्त्री प्रचण्डका साथ उनकी सुपुत्री गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी कर्मचारी रहेका छन्। प्रधानमन्त्री मोदीले तेस्रो कार्यकालका लागि आज साँझ शपथ लिने कार्यक्रम छ।
बिएल संवाददाता - काठमाडौं
कर्णाली नदीमाथि बनाइएको झोलुङ्गे पुलका लठ्ठा चुँडिदा पुलमाथि अड्किएका १२ वटा खच्चरमध्ये २ वटा नदीमा खसेका छन्। यो समाचार तयार पर्दा (१२:30)सम्म नदीमा खसेका २ वटा खच्चरमध्ये एउटा सुरक्षित ठाउँमा उत्रिएको छ।
बिएल संवाददाता - काठमाडौँ
दैलेखमा कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुँडिदा १४ वटा खच्चड पुलमै फसेका छन्। दैलेखको आठबीस नगरपालिका र अछामको पञ्चदेवल नगरपालिका जोड्ने झोलुंगे पुलको लठ्ठा चुँडिदा १४ वटा खच्चर दुई घण्टादेखि फसेका हुन्।
बिएल संवाददाता - काठमाडौं
पूर्वमुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि बुधबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासमा भएको सुनुवाइमा यस रिटलाई पूर्ण इजलासमा पठाउने आदेश दिएको थियो। सोहीअनुसार आज सर्वोच्चका न्यायाधीश प्रकाश कुमार ढुंगाना, अब्दुल अजिज मुसलमान र सुनिल कुमार पोखरेलको पूर्ण इजलासले यो मुद्धाको सुनुवाइ गर्ने भएको हो।
बिएल संवाददाता - काठमाडौं
मोरङको रंगेली नगरपालिकामा तोडफोड र नगर प्रहरीमाथि आक्रमण गरेपछि प्रहरीले शुक्रबार ६ जना विद्यार्थीलाई पक्राउ गरेको थियो। साेही विरोधमा आन्दोलनरत विद्यार्थीले आयोगको गाडीमा ढुंगामुढुा गरी आगजनी गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं
लोकसभाको निर्वाचनमा सबैभन्दा धेरै सिट जितेर पनि बहुमत पुर्याउन नसकेको भारतीय जनता पार्टीले नै फेरि मोदीको प्रधानमन्त्रित्वमा सरकार बनाउँदैछ।
बिएल संवाददाता - काठमाडाैं